close

के फिर्ता हुँदैछ ट्रम्पको फेसबुक अकाउन्ट ?

टेकपाना टेकपाना

पुस २०, २०७९ १२:६

के फिर्ता हुँदैछ ट्रम्पको फेसबुक अकाउन्ट ?

काठमाडौं । फेसबुकको अभिभावक कम्पनी मेटाले अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक अकाउन्टमाथि लगाएको प्रतिबन्ध फुकाउने तयारी गरेको छ । करिब दुई वर्षअघि अमेरिकाको राजधानीमा भएको विद्रोह भड्काउन ट्रम्पको फेसबुक अकाउन्टको पनि भूमिका रहेको बताउँदै उनको अकाउन्टमाथि प्रतिबन्ध लगाइएको थियो । 

अहिले आएर भने कम्पनीले ट्रम्पलाई फेसबुकमा पुन: फर्काउने कि नफर्काउने भन्ने विषयमा छलफल गरिरहेको छ । फोर्ब्ससँगको कुराकानीमा मेटाका प्रवक्ता एन्डी स्टोनले ट्रम्पलाई उनको खातामा पहुँच दिने कि नदिने भन्ने विषयमा अबको केही हप्तामा नै निर्णय आउने बताएका छन् ।  

ट्रम्पको अकाउन्टमा कम्पनीले दुई वर्षसम्मका लागि प्रतिबन्ध लगाएको थियो, जुन यही शनिबार समाप्त हुँदैछ । यसपछि भने उनलाई अकाउन्ट फिर्ता गर्ने कि नगर्ने भन्ने छलफल चलिरहँदा कम्पनी भने अकाउन्ट फिर्ता गर्ने पक्षमा रहेको बताइएको छ । 

यसअघि ट्वीटरले पनि सोही विद्रोह र दंगा लगायतका कुरालाई प्रोत्साहन गरेको भन्दै ट्रम्पलाई ट्वीटरबाट प्रतिबन्ध लगाएको थियो । यद्यपि एलन मस्कले कम्पनीको स्वामित्व लिएसँगै ट्रम्पमाथि लगाइएको प्रतिबन्ध फुकाउने चर्चा चलिरहेकाे छ ।

पछिल्लो अध्यावधिक: पुस २०, २०७९ १३:४५