close

थाहा पाइराख्नुहोस्, प्रविधिमा अब्बल विश्वका २५ देश

टेकपाना टेकपाना

पुस २३, २०७९ १६:१६

थाहा पाइराख्नुहोस्, प्रविधिमा अब्बल विश्वका २५ देश

काठमाडौं । प्रविधिले मानव जीवनका सबै पक्षलाई सुधार गरेको छ । सामान्यदेखि ठूला जटिल कामका लागि प्रविधि अपरिहार्य भइसकेको छ । एक दशकअघिको तुलनामा आजको संसार विल्कुल फरक छ ।

अग्मेन्टेड रियालिटी, ब्लकचेन, थ्रीडी प्रिन्टिङ र आर्टिफिसियल इन्टेलिजेन्स लगायत धेरै क्षेत्रमा ठूला-ठूला सफलता हात लागेका छन् । प्रविधिलाई लिएर वृहत् योजनामा काम गरिरहेका देशबारे यहाँ उल्लेख गरिएको छ ।

यी देशमा सञ्चालित नीति र कम्पनीहरूको आधारमा अमेरिकाको आर्थिक वेबसाइट 'इन्साइडर मंकी' ले यो सूची तयार पारेको हो । 

२५. लक्जम्बर्ग 

-वर्ल्ड डिजिटल कम्पिटेटिभनेस रिपोर्ट सूचीमा स्थान: ३० 

-संसारमा धेरै नवप्रवर्तन भएको देशको सूचीमा स्थान: १९

-सन् २०२१ मा स्वीकृत भएका प्याटेन्टको संख्या: २,२१९ 

डिजिटल कनेक्टिभिटीको हिसाबले युरोपेली देशहरूको सूचीमा लक्जम्बर्ग शीर्ष स्थानमा पर्छ । 

 

२४. स्पेन 

-वर्ल्ड डिजिटल कम्पिटेटिभनेस रिपोर्ट सूचीमा स्थान: २८ 

-संसारमा धेरै नवप्रवर्तन भएको देशको सूचीमा स्थान: २९

-सन् २०२१ मा स्वीकृत भएका प्याटेन्टको संख्या: ५,३८०

पछिल्लो एक दशकमा स्पेनले प्रविधिको क्षेत्रमा ठूला-ठूला स्थानहरू हात पारेको छ । साथै देशले यो अवधिमा प्रविधि पार्कदेखि लिएर ठूला विश्वविद्यालय, केन्द्रहरू निर्माण गरेको छ । 

 

२३. इटाली 

-वर्ल्ड डिजिटल कम्पिटेटिभनेस रिपोर्ट सूचीमा स्थान: ३९ 

-संसारमा धेरै नवप्रवर्तन भएको देशको सूचीमा स्थान: २८

-सन् २०२१ मा स्वीकृत भएका प्याटेन्टको संख्या: २३,१४६

इटाली सरकारले प्रविधि क्षेत्रमा लगानी गर्न तथा प्रविधिको क्षेत्रमा थप रोजगारी सिर्जना गर्न छुट्टै प्रविधि कोष खडा गरेर काम गरिरहेको छ । 

 

२२. आयरल्यान्ड 

-वर्ल्ड डिजिटल कम्पिटेटिभनेस रिपोर्ट सूचीमा स्थान: २४

-संसारमा धेरै नवप्रवर्तन भएको देशको सूचीमा स्थान: २३

-सन् २०२१ मा स्वीकृत भएका प्याटेन्टको संख्या: २,२१९  

पछिल्लो समयमा आयरल्यान्ड विश्वका ठूला-ठूला टेक कम्पनीहरूको मुख्य कार्यालय खोल्ने स्थान भएको छ । आयरल्यान्डले आफ्नो देशको करसम्बन्धी नियमहरू परिवर्तन गरेसँगै धेरै कम्पनीलाई आफ्नो मुख्यालय आयरल्याण्डमा सार्न आकर्षित गरेको छ । यसले देशको अर्थतन्त्रलाई ठूलो बढावा दिएको छ भने विदेशी लगानीलाई पनि प्रोत्साहन गरेको छ।

 

२१. बेल्जियम

-वर्ल्ड डिजिटल कम्पिटेटिभनेस रिपोर्ट सूचीमा स्थान: २३

-संसारमा धेरै नवप्रवर्तन भएको देशको सूचीमा स्थान: २६

-सन् २०२१ मा स्वीकृत भएका प्याटेन्टको संख्या: ८,१७७

बेल्जियमको पछिल्लो सम्झन लायक कार्य भनेको यो देशले स्मार्ट ग्रिड टेक्नोलोजी र इनर्जी इफिसियन्सि लगायतका विषयहरूलाई लिएर अगाडि बढिहरहेको छ । 

 

२०. नर्वे 

-वर्ल्ड डिजिटल कम्पिटेटिभनेस रिपोर्ट सूचीमा स्थान: १२

-संसारमा धेरै नवप्रवर्तन भएको देशको सूचीमा स्थान: २२

-सन् २०२१ मा स्वीकृत भएका प्याटेन्टको संख्या: ४,०२४

नर्वेको ठूलो आम्दानीको स्रोत भनेको तेलखानी हो । तर तेलबाट भएको आम्दानीलाई देशले भने प्रविधिको क्षेत्रमा लगानी गरिरहेको छ ।

 

१९. अष्ट्रेलिया 

-वर्ल्ड डिजिटल कम्पिटेटिभनेस रिपोर्ट सूचीमा स्थान: १४

-संसारमा धेरै नवप्रवर्तन भएको देशको सूचीमा स्थान: २५

-सन् २०२१ मा स्वीकृत भएका प्याटेन्टको संख्या: ६,३५४

अष्ट्रेलियाली सरकारले साढे तीन अर्ब डलर भन्दा बढी रकम सन् २०२० देखि २०२१ को बीचमा लगानी गरेको छ । 

 

१८. हङकङ 

-वर्ल्ड डिजिटल कम्पिटेटिभनेस रिपोर्ट सूचीमा स्थान: ९

-संसारमा धेरै नवप्रवर्तन भएको देशको सूचीमा स्थान: १४

-सन् २०२१ मा स्वीकृत भएका प्याटेन्टको संख्या: २,०३०

हङकङलाई प्राविधिक विकासका लागि विश्वव्यापी 'टेकहब'को रुपमा लिइन्छ । हङकङले फिन्टेकको क्षेत्रमा उल्लेख्य सफलता हासिल गरेको छ।

 

१७. अष्ट्रिया 

वर्ल्ड डिजिटल कम्पिटेटिभनेस रिपोर्ट सूचीमा स्थान: १८

संसारमा धेरै नवप्रवर्तन भएको देशको सूचीमा स्थान: १७

सन् २०२१ मा स्वीकृत भएका प्याटेन्टको संख्या: ८७४७

अस्ट्रियाको व्यापारिक निकाय मेटल टेक्नोलोजीका अनुसार, अस्ट्रियाको १२०० कम्पनीहरूप्रविधि र मेसिनरीमा काम गर्नेहरू छन् । 

 

१६. इजरायल 

-वर्ल्ड डिजिटल कम्पिटेटिभनेस रिपोर्ट सूचीमा स्थान: १५

-संसारमा धेरै नवप्रवर्तन भएको देशको सूचीमा स्थान: १६

-सन् २०२१ मा स्वीकृत भएका प्याटेन्टको संख्या: ९,०३२

विश्वका ५०० ठूला टेक कम्पनीहरूले मध्ये ६० ओटा कम्पनी इजरायलको छ । पछिल्ला केही वर्षहरूमा प्रविधिको लाग नयाँ हबको रुपमा इजरायल पनि विकसित भइरहेको छ । 

 

१५. जापान 

-वर्ल्ड डिजिटल कम्पिटेटिभनेस रिपोर्ट सूचीमा स्थान: २९

-संसारमा धेरै नवप्रवर्तन भएको देशको सूचीमा स्थान: १३

-सन् २०२१ मा स्वीकृत भएका प्याटेन्टको संख्या: २७८,११७

प्रविधि भन्ने बित्तिकै धेरैजनाको मुखमा जापान आइहाल्छ । जापानले प्रविधिको हरेक क्षेत्रमा हात हालेको छ । आर्टिफिसियल इन्टेलिजेन्सदेखि रोबोटिक्स लगायतका हरेक क्षेत्रमा जापानले नयाँ आविष्कार गरेको छ ।

 

१४. क्यानडा 

-वर्ल्ड डिजिटल कम्पिटेटिभनेस रिपोर्ट सूचीमा स्थान: १० 

-संसारमा धेरै नवप्रवर्तन भएको देशको सूचीमा स्थान: १५

-सन् २०२१ मा स्वीकृत भएका प्याटेन्टको संख्या: १३,६१०

विश्वका केही ठूला टेकहबमध्ये क्यानडा पनि एक हो । यो देश विश्वका ठूला प्रविधि कम्पनीहरूबाट विदेशी लगानी आकर्षित गर्न सफल भएको छ । साथै प्रविधिमा काम गर्न दक्ष जनशक्तिका लागि क्यानडामा राम्रो अवसर दिन त्यहाँकाे सरकारले अध्यागमन नीतिलाई पनि सहज बनाएको छ।

 

१३. फ्रान्स 

-वर्ल्ड डिजिटल कम्पिटेटिभनेस रिपोर्ट सूचीमा स्थान: २२

-संसारमा धेरै नवप्रवर्तन भएको देशको सूचीमा स्थान: १२

-सन् २०२१ मा स्वीकृत भएका प्याटेन्टको संख्या: ४९,११५

फ्रान्स युरोपको सबैभन्दा ठूला अर्थतन्त्र भएका देशमध्ये एक हो । फ्रान्सले प्रविधिको क्षेत्रमा केन्द्रित भएर ठूलो-ठूलो सफलता हात पारेको छ । यो देशले भेन्चर क्यापिटल फन्डदेखि स्टार्टअप कम्पनीहरूमा लगानी गरेको छ । 

 

१२. सिंगापुर 

-वर्ल्ड डिजिटल कम्पिटेटिभनेस रिपोर्ट सूचीमा स्थान: ४

-संसारमा धेरै नवप्रवर्तन भएको देशको सूचीमा स्थान: ७

-सन् २०२१ मा स्वीकृत भएका प्याटेन्टको संख्या: ४,०३२

छोटो समयमा धेरै प्रगति गर्ने देशको रुपमा सिंगापुरलाई चिनिन्छ । यो देश अहिले विश्वका ठूला टेक कम्पनीका लागि डिजिटल हबको रुपमा विकास भइरहेको छ । ठूला कम्पनी तथा बैंकहरूले आफ्नो कार्यालयहरू सिंगापुरमा खोल्न थालेका छन् ।

 

११. फिनल्यान्ड 

-वर्ल्ड डिजिटल कम्पिटेटिभनेस रिपोर्ट सूचीमा स्थान: ७

-संसारमा धेरै नवप्रवर्तन भएको देशको सूचीमा स्थान: ९

-सन् २०२१ मा स्वीकृत भएका प्याटेन्टको संख्या: ७,५७५

५५ लाखमात्र जनसंख्या भएको यो देश प्रविधिमा भने निकै अगाडि छ । यो देशले प्रविधिको क्षेत्रमा नयाँ सुरुवातहरूको लागि धेरै योगदान पनि दिएको छ । मुटुको धड्कन निगरानी गर्ने पहिलो उपकरण निर्माणदेखि लिएर नोकिया फोन, फाइभजीको सुरुवात लगायतका प्रविधिका ठूला सुरुवातहरू यही देशबाट भएको हाे । 

 

१०. डेनमार्क 

-वर्ल्ड डिजिटल कम्पिटेटिभनेस रिपोर्ट सूचीमा स्थान: १

-संसारमा धेरै नवप्रवर्तन भएको देशको सूचीमा स्थान: १०

-सन् २०२१ मा स्वीकृत भएका प्याटेन्टको संख्या: ६,९३५

युरोपेली क्षेत्रमा डिजिटल विकास अत्यधिक रुपमा गरेको देश हो, डेनमार्क । यो देशको अर्थतन्त्रमा आईटी क्षेत्रको योगदान धेरै रहेको  छ । 

 

९. जर्मनी

-वर्ल्ड डिजिटल कम्पिटेटिभनेस रिपोर्ट सूचीमा स्थान: १९

-संसारमा धेरै नवप्रवर्तन भएको देशको सूचीमा स्थान: ८

-सन् २०२१ मा स्वीकृत भएका प्याटेन्टको संख्या: ९७,३१४

जर्मनीमा विज्ञान र प्रविधिको लामो र प्रख्यात इतिहास छ । अनुसन्धान र आविष्कारका प्रयासहरू नै देशको अर्थतन्त्रको अभिन्न अंग हो । जर्मनी विभिन्न वैज्ञानिक विषयहरू, विशेषगरी भौतिक विज्ञान, गणित, रसायन विज्ञान र इन्जिनियरिङका केही प्रमुख अनुसन्धानकर्ताहरूको घरको रुपमा चिनिन्छ । 

 

८. बेलायत 

-वर्ल्ड डिजिटल कम्पिटेटिभनेस रिपोर्ट सूचीमा स्थान: १६

-संसारमा धेरै नवप्रवर्तन भएको देशको सूचीमा स्थान: ४

-सन् २०२१ मा स्वीकृत भएका प्याटेन्टको संख्या: २९,०४६

बेलायत १२२ युनिकर्न कम्पनीहरूको घर हो भने थप २०० भन्दा बढी कम्पनीहरू युनिकर्न बन्ने लाइनमा छन् । यहाँ अर्बौँ डलरको प्राविधिक कम्पनीहरू छन् । बेलायतमा आईटी क्षेत्रमा काम गर्ने जनशक्तिको ठूलो माग छ । सन् २०२२ मा मात्रै देशभर करिब ८५ लाख जनाको लागि आईटी क्षेत्रमा रोजगारी खुलेको थियो ।  

 

७. ताइवान 

-वर्ल्ड डिजिटल कम्पिटेटिभनेस रिपोर्ट सूचीमा स्थान: ११

संसारमा धेरै नवप्रवर्तन भएको देशको सूचीमा स्थान: ११

सन् २०२१ मा स्वीकृत भएका प्याटेन्टको संख्या: ५९,४७६

ताइवान नवप्रवर्तन कामका लागि उत्कृष्ट देशको रुपमा स्थापित छ । नवप्रवर्तनमा विदेशी लगानी भित्र्याउन देशले लचक नीति बनाएको छ । यहाँ आईसीटी उद्योगको लागी नीति नियमदेखि लिएर लगानीमा पनि सरकारले धेरै योगदान गरेको छ ।

 

६. चीन

-वर्ल्ड डिजिटल कम्पिटेटिभनेस रिपोर्ट सूचीमा स्थान: १७

-संसारमा धेरै नवप्रवर्तन भएको देशको सूचीमा स्थान: ११

-सन् २०२१ मा स्वीकृत भएका प्याटेन्टको संख्या: ६३९,३०९

विश्वकै ठूलो अर्थतन्त्र भएको देशमध्येको एक चीनले प्रविधिको क्षेत्रमा आफ्नो छुट्टै पाइला बनाउँदै गइरहेको छ । एआईदेखि  अन्तरिक्षसम्म विज्ञान तथा प्रविधिको हरेक क्षेत्रमा चीन अगाडि बढिरहेको छ ।

चीनले प्राविधिक विकासलाई आफ्नो अर्थतन्त्रको प्रमुख हिस्सा बनाएको छ । विश्वव्यापी टेकहब बन्ने लक्ष्य राख्दै नवीकरणीय ऊर्जा र फाइभजी नेटवर्कको सञ्चालन र सिक्सजी नेटवर्कको परीक्षणमा चीन पहिलाे पहिलो देश बन्ने होडमा छ ।

 

५. नेदरल्यान्ड्स 

-वर्ल्ड डिजिटल कम्पिटेटिभनेस रिपोर्ट सूचीमा स्थान: ६

-संसारमा धेरै नवप्रवर्तन भएको देशको सूचीमा स्थान: ५

-सन् २०२१ मा स्वीकृत भएका प्याटेन्टको संख्या: २०,२३६

नेदरल्यान्ड्स केन्द्रित भएको सूचना प्रविधिको क्षेत्रहरूमध्ये एक हो विद्युतीय चार्जिङ प्वाइन्टहरू । विद्युतीय सवारीको उत्पादन र माग बढ्दै गइरहेको अवस्थामा यसलाई आवश्यक चार्जिङ स्टेसनहरूको लागि देशले धेरै काम गरिरहेको छ । यो देशले २०२२ सुरुवातमा, सिन्थेटिक इन्धनबाट सञ्चालित पहिलो व्यावसायिक उडान समेत गरेको थियो । 

 

४. स्वीडेन 

-वर्ल्ड डिजिटल कम्पिटेटिभनेस रिपोर्ट सूचीमा स्थान: ३

-संसारमा धेरै नवप्रवर्तन भएको देशको सूचीमा स्थान: ३

-सन् २०२१ मा स्वीकृत भएका प्याटेन्टको संख्या: १८,३९२ 

युरोपेली संघको सबैभन्दा विकसित डिजिटल अर्थतन्त्र भएको र प्राविधिक रूपमा उन्नत देश भनेर स्वीडेन चिनिन्छ । पछिल्लो समयमा आईटीसम्बन्धी सीप भएका जनशक्ति उत्पादनमा यो देशले ठूलो लगानी गरिरहेको छ । 

 

३. दक्षिण कोरिया 

-वर्ल्ड डिजिटल कम्पिटेटिभनेस रिपोर्ट सूचीमा स्थान: ८

-संसारमा धेरै नवप्रवर्तन भएको देशको सूचीमा स्थान: ६

-सन् २०२१ मा स्वीकृत भएका प्याटेन्टको संख्या: १५८,४९५

सन् १९६० को दशकमा एक अल्पविकसित अर्थतन्त्रबाट २१औं शताब्दीको विश्वकै शक्तिशालीमध्येको एक देश बनेकाे छ, दक्षिण काेरिया । याे देशले प्रविधि क्षेत्रमा उच्च लगानी गरेकाे छ भने विश्वबजारमा एसियाली देशकाे उदाहरणीय प्रतिनिधित्व गरिरहेकाे छ ।

 

२. स्विजरल्यान्ड 

-वर्ल्ड डिजिटल कम्पिटेटिभनेस रिपोर्ट सूचीमा स्थान: ५

-संसारमा धेरै नवप्रवर्तन भएको देशको सूचीमा स्थान: १

-सन् २०२१ मा स्वीकृत भएका प्याटेन्टको संख्या: २६,७५६

स्विजरल्यान्डले स्वास्थ्यमा प्रविधि, रोबोटिक्स, आर्टिफिसियल इन्टेलिजेन्स, ब्लकचेन र आधुनिक उत्पादन प्रणाली विकास लगायतका क्षेत्रहरूमा ठूलो फड्को मारिरहेको छ । योसँगै देशको विभिन्न नवीन प्रविधि उद्योगहरूमा पनि ठूलो मात्रामा संलग्नता रहेको छ।

स्विजरल्यान्डलाई ब्लकचेन कम्पनीहरूको लागि आकर्षक हबको रुपमा पनि हेरिन्छ ।  

 

१. संयुक्त राज्य अमेरिका

-वर्ल्ड डिजिटल कम्पिटेटिभनेस रिपोर्ट सूचीमा स्थान: २

-संसारमा धेरै नवप्रवर्तन भएको देशको सूचीमा स्थान: १

-सन् २०२१ मा स्वीकृत भएका प्याटेन्टको संख्या: २

प्रविधिको विकास, अवसर, अध्ययन/अनुसन्धान देखि लिएर हरेक क्षेत्रमा यो देश सबैभन्दा अगाडि छ । विश्वकै ठूलो अर्थतन्त्र भएको अमेरिकाको विश्वको प्रविधि क्षेत्रमा ३१ प्रतिशत हिस्सा छ ।

पछिल्लो अध्यावधिक: पुस २३, २०७९ १७:७