close

५० युनिटसम्म विद्युत निःशुल्क उपलब्ध गराउने सरकारी योजना

टेकपाना टेकपाना

पुस २५, २०७९ १९:४६

५० युनिटसम्म विद्युत निःशुल्क उपलब्ध गराउने सरकारी योजना

काठमाडौं । सरकारले ग्राहस्थ उपभोगका निम्ति ५० युनिटसम्म विद्युत निःशुल्क उपलब्ध गराउने योजना ल्याएको छ । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सोमबार आयोजित एक समारोहमा सरकारका न्यूनतम कार्यक्रम सार्वजनिक गर्दै उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले यस्तो योजना सुनाएका हुन् ।

''ग्राहस्थ उपभोगका निम्ति वर्षायाममा मासिक ५० युनिट र हिउँदयाममा मासिक ३० युनिट विद्युत निःशुल्क उपलब्ध गराइनेछ,'' उनले भने ।

सरकारले विद्युत उत्पादन विस्तारमार्फत आर्थिक वृद्धिदर बढाउने, विद्युतीकरणमार्फत आमनागरिकको जीवन सहज तुल्याउने र इन्धनमाथिको परनिर्भरता न्यून गर्ने कार्यक्रम पनि ल्याएको छ ।

त्यस्तै पाँच वर्षमा विद्युत उत्पादन क्षमता ६५०० मेगावाट र प्रतिव्यक्ति विद्युत खपत ७०० किलोवाट घण्टा पुर्‍याउने, विद्युत महसुललाई सर्वसाधारणले व्यहोर्नसक्ने गरी समायोजन गर्ने र दुई वर्षभित्र विद्युतमा पहुँच हुने जनसङ्ख्या शतप्रतपशत पुर्‍याउने योजना ल्याइएको छ ।

पछिल्लो अध्यावधिक: चैत २४, २०७९ ९:३५