close

ईसेवाको प्रादेशिक कार्यालय अब मधेश प्रदेशमा पनि

टेकपाना टेकपाना

माघ ५, २०७९ १५:४१

ईसेवाको प्रादेशिक कार्यालय अब मधेश प्रदेशमा पनि

काठमाडौं । नेपालको पुरानो भुक्तानी सेवाप्रदायक ईसेवाले मधेश प्रदेशको जनकपुरधाममा आफ्नो प्रादेशिक कार्यालय सञ्चालनमा ल्याएको छ । योसँगै हरेक प्रदेशमा आफ्ना क्षेत्रीय कार्यालय स्थापना गर्न सफल भएको छ ।

प्रादेशिक कार्यालय जनकपुरको मिल्स एरियामा जनकपुर उपमहानगरपालिका उपमेयर किशोरी शाह र ईसेवाका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्काले संयुक्त रूपमा उद्घाटन गरे ।

अबदेखि मधेश प्रदेशका ग्राहक तथा एजेन्टहरूले ईसेवाका सम्पूर्ण सेवा तथा सुविधा प्रादेशिक कार्यालयमार्फत सहज ढंगले प्रयोग गर्न पाउने कम्पनीले जनाएकाे छ ।

''देशभर एक लाख ६५ हजारभन्दा बढी एजेन्ट (ईसेवा जोन तथा पोइन्ट) रहेको ईसेवाबाट प्रत्यक्ष, अप्रत्यक्ष रुपमा करिब एक करोड ७० लाख जनसंख्याले सेवा लिइरहेका छन् । ​ईसेवाको मोबाइल एप्स डाउनलोड गर्नेको संख्या पनि करिब ७० लाख पुगिसकेको छ,' कम्पनीले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ ।

ईसेवाबाट इन्सयोरेन्स्को प्रिमियम भुक्तानी मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क भुक्तानी गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: माघ ५, २०७९ १५:५३