close

सबैले जान्नुपर्ने फेसबुकका ५ उपयोगी सेटिङ

उष्मा अधिकारी

माघ ६, २०७९ १४:१०

काठमाडाैं । आज हामी फेसबुकका पाँच उपयोगी सेटिङबारे बताउँदै छौँ, जसले तपाईँलाई सुरक्षित तथा स्मार्ट तरिकाबाट फेसबुक चलाउन मद्दत गर्नेछ ।

१. टु फ्याक्टर अथेन्टिकेसन

यसले हाम्रो फेसबुक अकाउन्ट सुरक्षित राख्छ । ​फेसबुकमा पासवर्ड त हामीले राखेकै हुन्छौं । साथमा 'Two factor Authentication' पनि अन गर्ने हो भने थप सुरक्षित भइन्छ ।  

- यसका लागि सबैभन्दा पहिले आफ्नो फेसबुकको 'menu' मार्फत 'settings and privacy' मा जानुहोस् । 

-अब 'Privacy shortcuts' मा जानुहोस् ।

-यहाँको 'Account Security' मा गएर 'Use Two factor Authentication' मा क्लिक गर्नुहोस् । 

यो फिचर अन गरेपछि फेसबुकलाई अपरिचित डिभाइस वा ब्राउजरबाट लगइन गरेको थाहा हुन्छ र सेक्युरिटी मेथडमार्फत भेरिफिकेसन  कोड माग्छ ।

त्यसैले कसैले तपाईँको फेसबुक पासवर्ड थाहा पाए पनि तपाईँको फेसबुकसम्म पहुँच पाउन सक्दैन ।

२. आफ्नो अकाउन्ट कुन कुन डिभाइसमा लगइन छ, चेकजाँच गर्नुहोस्

बिर्सने बानी हामी सबैको साझा समस्या हो । आफ्नो मातहतभन्दा बाहिरका डिभाइसहरूमा समेत हामीले फेसबुक खोलिरहेका हुन्छौं ।

कतिपय डिभाइसमा पासवर्डसमेत सेभ भएर बसेको हुनसक्छ, जसबाट जोकोहीले तपाईंको फेसबुक अकाउन्टमा पहुँच बनाउन सक्छ । त्यसैले 'Where you’re logged in' भन्ने फेसबुकको सेटिङले यस्तो जोखिमबाट बचाउँछ । 

यसका लागि सबैभन्दा पहिले आफ्नो फेसबुकको 'Menu' मार्फत 'settings and privacy' मा जानुहोस् ।

-अब 'settings' मा ट्याप गर्नुहोस् ।

-तपाईँले सुरुमै 'Accounts Center' देख्नुहुन्छ, त्यहाँ टच गर्नुहोस् । 

-अब त्यहाँ रहेको 'Password and Security' भित्र 'Where you’re logged in' भन्ने अप्सन छ । त्यहाँ क्लिक गर्नुहोस् । 

-अब तपाईँले यहाँबाट आफ्नो अकाउन्ट कहाँ कहाँ लगइन छ, हेर्न र आफूले नचाहेको डिभाइसमा लगआउट गर्न सक्नुहुन्छ । 

-यसरी तपाईँ आफू सुरक्षित रहन सक्नुहुन्छ ।

३. पोस्ट रिस्टाेर गर्ने तरिका

फेसबुकबाट डिलिट गरिएका पाेस्ट एक महिनासम्म 'Trash' वा 'Recycle Bin' मा गएर बसेका हुन्छन्, जसलाई हामीले सजिलै रिस्टाेर गर्न सक्छौं । 

त्यसका लागि सबैभन्दा पहिले आफ्नो फेसबुक प्राेफाइल खोल्नुहोस् ।

-त्यसपछि यहाँ तीनवटा डटमा ट्याप गर्नुहोस् ।

- अनि, 'Profile Settings' अन्तर्गत 'Activity log' मा थिच्नुहोस् ।

-अब यहाँ कुनै मोबाइलमा 'Trash' अनि कुनैमा 'Recycle Bin' भन्ने अप्सन देखाउँछ । त्यसमा ट्याप गर्दा पछिल्लो ३० दिनमा तपाईँले कुनै पनि पोस्ट फेसबुकबाट डिलिट गर्नुभएको छ भने यहाँ देखिन्छ ।

४.फेसबुकमा पोस्ट गरिएका डेटा डाउनलोड गर्ने तरिका

यस्तै फेसबुक पोस्ट गरिएका डेटा डाउनलाेड गरेर राख्न पनि सकिन्छ । 

-यसका लागि आफ्नो फेसबुकको 'Menu' मार्फत 'settings and privacy' मा जानुहोस् ।

-अब Privacy shortcuts मा जानुहोस् ।

-यहाँको 'Your Facebook Information' मा गएर 'Access your information' मा क्लिक गर्नुहोस् । 

-अब तल 'scroll' गर्दै जाँदा 'Download your information' छ , त्यहाँ क्लिक गर्नुहोस् र 'Request a download' मा ट्याप  गर्नुहोस् । 

-अब तपाईँलाई 'Select Profiles' भन्ने 'option' आउँछ, यहाँ तपाईँले लिंक भएका प्राेफाइल सेलेक्ट गर्न सक्नुहुन्छ, मैले Facebook select गरेर Next मा क्लिक गरेँ ।

-यसपछि तपाईँले 'Select information' देख्नुहुन्छ, यहाँ तपाईँले कस्तो इन्फर्मेसन डाउनलाेड गर्न चाहनुभएको हो छान्न सक्नुहुन्छ । पहिलो, Complete copy जसमा तपाईँले रोजेको अकाउन्टको सम्पूर्ण Information download हुन्छ ।

दोस्रो, Select types of information, मैले यहाँ यो select गरेँ ।  

-अब यहाँ तपाईँले download गर्न चाहेको information को सूची देख्नुहुन्छ । त्यही अनुसार 'choose' गरी Next गर्न सक्नुहुन्छ ।

यसपछि तपाईँले फाइलको फर्म्याट र क्वालिटी छानी 'Submit Request' मा क्लिक गर्न सक्नुहुन्छ ।

-तपाईँको इन्फर्मेसन तयार भएपछि तपाईँलाई फेसबुकले नाेटिफाई गर्छ र त्यही नोटिफिकेसनमा क्लिक गरेर डेटा डाउनलोड गर्ने अप्सनसम्म पुग्न सकिन्छ । 

५. आफ्नो निधनपछि कसलाई दिने अकाउन्टको एक्सेस ?

आफ्नो शेखपछि सम्पत्ति कसलाई दिने भनेर हामीले बैंक खाता खोल्दा होस् वा जग्गा जमिन किन्दा नै किन नहोस्, इच्छाइएको व्यक्ति राख्ने गर्छौं ।

हो यसैगरी आफूले संसार छाडेपछि पनि आफ्नो फेसबुक अकाउन्ट चलोस् भन्ने चाहनुहुन्छ भने इच्छाएको व्यक्तिलाई चलाउन दिन मिल्छ । 

त्यसको लागि;

-आफ्नो फेसबुकको 'Menu' मार्फत 'settings and privacy' मा जानुहोस् ।

-अब 'Settings' मा जानुहोस् ।

-त्यसपछि 'Account' अन्तर्गतको 'Personal Information' मा ट्याप गर्नुहोस् ।

-अब तल रहेको 'Account ownership and control'  मा ट्याप गर्नुहोस्।

-त्यसपछि 'Memorialisation settings' मा थिच्नुहोस्।

-अब यहाँ रहेको 'Choose legacy contact' मा क्लिक गर्नुहोस्।

-त्यसपछि तपाईँले छानेकाे 'contact' ले तपाईँको अकाउन्टमा के-के गर्न पाउँछन् भन्ने सूची देख्नुहुन्छ त्यो पढेर 'Next' मा क्लिक गर्नुहोस् ।

-अब तपाईँले इच्छुक 'contact' सेलेक्ट गर्न सक्नुहुन्छ।

-तपाईँले छनाेट गरेको 'contact' लाई यस्तो मेसेज जान्छ ।

-जब फेसबुकले तपाईँको  निधन भएको थाहा पाउँछ, तब यो प्रक्रिया अघि बढ्छ ।

पछिल्लो अध्यावधिक: माघ ६, २०७९ १९:९