close

ट्वीटरको बग पत्ता लगाउन मस्कले आफ्नै अकाउन्ट लक गरेपछि...

टेकपाना टेकपाना

माघ १९, २०७९ १३:२२

ट्वीटरको बग पत्ता लगाउन मस्कले आफ्नै अकाउन्ट लक गरेपछि...

काठमाडौँ । ट्वीटरका मालिक एलन मस्कले ट्वीटरको बग (कमजोरी) पत्ता लगाउन अकाउन्ट लक गरेको २४ घण्टापछि पुनः अनलक गरेका छन् । ट्वीटरका एक प्रयोगकर्ताले अकाउन्ट लक गर्दा पोस्टमा धेरे रिच आउने समस्या भएको उल्लेख गरेका थिए ।

उक्त कमजोरी परीक्षण गर्न मस्कले बुधबार बिहान ११ बजे एक पोस्ट गर्दै आफ्नो अकाउन्ट लक (प्राइभेट) गरे । अकाउन्ट लक गर्दा फलो नगरेकाहरूले सो व्यक्तिको ट्वीट हेर्न सक्दैनन् । यस्तो अवस्थामा ट्वीटमा बढी भ्युज आउनु समस्या भएको भन्दै इयान माइल्स चिओङ नामका स्क्रिनशट ट्वीट गरेका थिए ।

मस्कले ट्वीटको रिप्लाई दिँदै उक्त समस्या अत्यन्तै चिन्ताजनक रहेको उल्लेख गरेका थिए । परीक्षणपछि उक्त समस्या वास्तविक भएको र आगामी हप्ता समाधान हुने मस्कको भनाइ छ ।

"यसले सिस्टममा केही समस्याहरू पहिचान गर्न मद्दत गरको छ । यो समस्या अर्को हप्तासम्म सम्बोधन हुनेछ," मस्कले बिहीबार बिहान अकाउन्ट अनलक गर्दै ट्वीट गरेका छन् । यसरी अकाउन्ट प्राइभेट गर्दा ट्वीटको रिच पाँच गुणा बढेको ट्वीटर प्रयोगकर्ताको दाबी थियो ।

पछिल्लो अध्यावधिक: माघ १९, २०७९ १३:२२