close

एनआईसी एसिया बैंकको भ्यालेन्टाइन्स डे अफर, डिजिटल कारोबारमा १४ प्रतिशत क्याशब्याक

टेकपाना टेकपाना

माघ २८, २०७९ ९:०

एनआईसी एसिया बैंकको भ्यालेन्टाइन्स डे अफर, डिजिटल कारोबारमा १४ प्रतिशत क्याशब्याक

काठमाडौं । भ्यालेन्टाइन्स डेको अवसर पारी एनआईसी एसिया बैंकले नयाँ योजना सार्वजनिक गरेको छ । यसअन्तर्गत बैंकको मोबाइल बैंकिङ तथा डेबिट वा क्रेडिट कार्डबाट पहिलो पटक भुक्तानी गर्ने ग्राहकले १४ प्रतिशत क्याशब्याक पाउने भएका छन् ।

माघ २८ देखि फागुन १ गतेसम्म चल्ने यस योजना अन्तर्गत बैंकको मोबाइल बैंकिङ्ग एप तथा डेबिट वा क्रेडिट कार्डबाट विभिन्न मर्चेन्टहरूमा यस बैंकद्वारा राखिएको क्यूआर कोड तथा पोस मसिनमा पहिलो पटक कारोबार गर्ने ग्राहकलाई १४ प्रतिशत वा अधिकतम रु. २०० सम्म क्याशब्याक उपलब्ध हुनेछ ।

साथै, बैंकले यसरी कारोबार गर्नेमध्ये २० जना भाग्यशाली ग्राहकलाई भ्यालेन्टाइन्स डेको दिन अर्थात् २०७९ फागुन २ मा तारे होटलमा आफ्नो साथीसँग डिनर खाने अवसर मिलाएको छ । यस योजनामा मोबाइल बैंकिङ्ग एपमार्फत गरिने वालेट लोड, अन्य बैंक वा यसै बैंकको अन्य खातामा रकम स्थानान्तरणलाई मान्यता दिइएको छैन । 

पछिल्लो अध्यावधिक: माघ २८, २०७९ ९:०