close

ई-सेवाबाट अनलाइन स्टोर केडका सामाग्री सजिलै खरिद गर्न सकिने

टेकपाना टेकपाना

माघ २९, २०७९ १९:२

ई-सेवाबाट अनलाइन स्टोर केडका सामाग्री सजिलै खरिद गर्न सकिने

काठमाडौं । भुक्तानी सेवाप्रदायक ई-सेवा र फेसन ब्रान्ड उत्पादक कम्पनी केड कम्पनी प्रा.लि. बीच भुक्तानी सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुरूप ग्राहकहरूले केड अनलाइन स्टोरबाट सामग्री खरिद गर्दा ई-सेवामार्फत भुक्तानी गर्न सक्नेछन् । 

ई-सेवाका ग्राहकले केडका सामान खरिद गर्दा वेब चेकआउट र एपबाट सजिलैसँग भुक्तानी गर्न सक्नेछन् ।

हाल ई-सेवाको सेवा एन्ड्रोइड तथा आइओएस मोबाइलमार्फत करिब ७० लाख ग्राहकले लिइरहेका छन् ।

यसैगरी देशभर रहेका एक लाख ८५ हजार  भन्दा बढि एजेन्ट (ई-सेवा जोन तथा पोइन्ट) मार्फत अप्रत्यक्ष रुपमा करिब डेढ करोड जनसंख्याले सेवा लिइरहेको कम्पनीको दाबी छ । 

पछिल्लो अध्यावधिक: माघ २९, २०७९ १९:२