close

राष्ट्रिय वाणिज्य बैंकले अब एससीटीको यूपीआई डेबिट कार्ड जारी गर्ने

टेकपाना टेकपाना

फागुन ३, २०७९ १२:५३

राष्ट्रिय वाणिज्य बैंकले अब एससीटीको यूपीआई डेबिट कार्ड जारी गर्ने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले अब स्मार्ट च्वाइस टेक्नाेलाेजिज (एससीटी)को यूपीआई डेबिट कार्ड जारी  भएकाे छ । हालै यी दुई संस्थाबीच एससीटी यूपीआई डेबिट कार्ड सेवा सञ्चालनका लागि सम्झौता भएको छ ।

सम्झौतापत्रमा एससीटीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र राष्ट्रिय वाणिज्य बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हस्ताक्षर गरे ।

सम्झौतापछि राष्ट्रिय वाणिज्य बैंकका ग्राहकले एससीटी यूपीआई डेबिट कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सेवा प्राप्त गर्नसक्ने बताइएकाे छ ।

साथै एससीटी यूपीआई सञ्जालको प्रयोगबाट ग्राहकले नेपाल तथा भारतमा एटीएम, पोस, ई-कमर्सजस्ता सेवा लिन सक्नेछन् ।

पछिल्लो अध्यावधिक: फागुन ३, २०७९ १३:०