close

मोबाइल चोरीमा संलग्न थप तीन जना पक्राउ

टेकपाना टेकपाना

फागुन ४, २०७९ १२:५६

मोबाइल चोरीमा संलग्न थप तीन जना पक्राउ

काठमाडौं । सोमबार गोङ्गबु बसपार्क क्षेत्रमा भएको हुलदङ्गाका क्रममा ल्हाेत्से मलकाे मोबाइल पसलबाट माेबाइल तथा अन्य सामान लुटपाट गरेकाे आरोपमा थप तीन जना पक्राउ परेका छन् । सामाजिक सञ्जालमा देखिएका भिडिओ र सीसीटीभी फुटेजका माध्यमबाट थप व्यक्ति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

टेकपानासँग कुरा गर्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता सोमेन्द्र सिंह राठौरले पछिल्लाे पटक पक्राउ गरेका १५ मध्ये तीनजना मोबाइल चोरीमा संलग्न रहेकाे जानकारी दिए । उनका अनुसार पक्राउ परेका सबैलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त बालाजु र महाराजगञ्ज पठाइएको छ । 

पक्राउ परेका मध्ये सातजना महानगर, बाइसधारा र तारकेश्वर यातायातका चालक र सहचालक रहेको उनले समेत उनले जानकारी दिए ।

"हामीले माेबाइल लुटपाटमा संलग्नहरूकाे प्रमाण संकलन गरिरहेका गर्छाैं । सबै चाँडै पक्राउ पर्छन्," उनले भने ।

लुटपाटमा संलग्न चार जनालाई जिल्ला प्रहरी परिसर काठमाडौंले घटना भएकाे दिन नै नियन्त्रणमा लिएकाे थियाे ।

हुलदङ्गामा पसलहरूबाट करिब आठ करोड रुपैयाँ बढीका मोबाइल चोरी भएको दाबी गर्दै मोबाइल व्यवसायीले घटनाको छानबिन गर्न र व्यवसायीलाई क्षतिपूर्ति दिन माग गरेका छन् ।

पछिल्लो अध्यावधिक: फागुन ४, २०७९ १३:२५