काठमाडाैं । २२ वर्षअघि स्थापना भएकाे कस्मस कलेज अफ म्यानेजमेन्ट एन्ड टेक्नाेलाेजीले पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी स्नातक तहमा सूचना प्रविधि (आईटी), इन्जिनियरिङ र व्यवस्थापन संकायका शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेकाे छ ।
कलेजले अतिरिक्त शिक्षाका लागि एलआरबीएसयू, सिटिजन बैंक, ड्राइ आइस सोलुसन, शुलिनी विश्वविद्यालय, भारतसँग सम्झौता गरेको छ ।
काेर्ष
ब्याचलर ईन इन्फर्मेसन एन्ड टेक्नोलोजी (बीआईटी)
सूचना प्रविधि सम्बन्धी यो चार वर्षे शैक्षिक कार्यक्रममा इन्फर्मेसन सिस्टम, नेटवर्क प्रोग्रामिङ, इन्जिनियरिङ इकोनोमिक्स, सफ्टवेयर इन्जिनियरिङ सिस्टम लगायतका विषयमा पढाइ हुन्छ । कलेजमा यो काेर्षका लागि ४८ जना विद्यार्थी काेटा निर्धारण गरिएकाे छ ।
यो शैक्षिक कार्यक्रम इलेन्ट्रोनिकल इन्जिनियरिङ, कम्प्युटर साइन्स आदिको मिश्रण रहेको छ । यस चार वर्षको १२६ क्रेडिट आवरको कोर्ष हो ।
यस कोर्षमा थर्मल साइन्स, माइक्रोप्रोसेसर, अर्गनाइजेसन एन्ड म्यानेजमेन्ट, आर्टिफिसियल इन्टेलििजेन्स, एम्बेडेड सिस्टम लगायतका विषय अध्यापन हुन्छ । कलेजमा यो कोर्षका लागि ४८ जनाकाे विद्यार्थी सिट ताेकिएकाे छ ।
यस कोर्ष इलेक्ट्रोनिक हार्डवेयर र कम्प्युनिकेसन सिस्टममा केन्द्रित छ ।
यस कोर्षमा इलेक्ट्रोनिक डिभाइस, इलेक्ट्रोनिक सर्किट, सिग्नल एन्ड सिस्टम, एनालग कम्प्युनिकेसन, डिजिटल सिग्नल प्रोसेसिङ, वायरलेस कम्प्युनिकेसन टेक्नोलोजटी आदि विषयमा अध्यापन हुन्छ ।
कलेजमा यो कोर्षका लागि ४८ जनाकाे विद्यार्थी सिट निर्धारण गरिएकाे छ । कोर्षबारे थप जानकारी लिन यहाँ क्लिक गर्नुहोस् ।
आईटीबाहेक अन्य कोर्ष
माथि उल्लेखित शैक्षिक कार्यक्रम बाहेक कलेजले स्नातक तहमा सिभिल इन्जिनियरिङ, आर्किटेक्चर इन्जिनियरिङ र बीबीए पनि सञ्चालन गरिरहेकाे छ ।
कलेजले वार्षिक रुपमा विभिन्न कार्यक्रम गर्दै आएको छ, जसमा रोबोटिक्स आर्म वर्कशप, लिनक्स ट्रेनिङ, आर्किटेक्चर एक्जिबेसन, यन्त्र, अर्डिनो प्रोगामिङ ट्रेनिङ, हल्ट प्राइज लगायत छन् ।
शब्द-चित्रमा कस्मस
कलेज नाम: कस्मस कलेज अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजी
प्रिन्सिपल: डा. पवन के. भट्टराई
सञ्चालक समिति: ई. लक्ष्मण पोखरेल, डा. पवन के. भट्टराई, डा. विनोद पराजुली, ई. उद्धव चौलागाईं, सूर्य ज्ञवाली, रमेश सिलवाल, सिन्जन कोइराला