काठमाडौं । सङ्गीत सिक्न हामीसँग अनेकन् विकल्प छन् । यदि तपाईँ अनलाइनबाटै सङ्गीतको कक्षा लिन चाहनुहुन्छ भने यो सुविधा पनि छ ।
आजभोलि विभिन्न विधाका सङ्गीतको ज्ञान डिजिटल माध्यमबाटै लिन सकिन्छ । यसका लागि अनलाइन दुनियाँमा विभिन्न वेबसाइट तथा एपहरू उपलब्ध छन् ।
आज हामी सङ्गीत सिक्न सघाउने निःशुल्क पाँच वेबसाइटबारे जानकारी दिँदै छौँ:
क्रोम म्युजिक ल्याब (Chrome Music Lab)
संगीत सिक्न चाहने प्रयोगकर्ताका लागि यो प्लेटफर्म गुगलले बनाएको हो ।
यस प्लेटफर्ममा विभिन्न मोडेल छन्, जहाँबाट संगीतको सिद्धान्त, वाद्यवादनहरूको अवधारणा सहज र सरल तरिकामा बुझ्न सकिन्छ । त्यस्तै विभिन्न प्रकारका इन्स्ट्रुमेन्ट (बाजा)हरु बजाउन सकिन्छ ।
म्युजिक थ्यौरी (Music theory)
नामजस्तै यस वेबसाइटबाट हामीले सङ्गीतका सिद्धान्त सिक्न सक्छौँ । वेबसाइटमा सङ्गीतका लागि विभिन्न कोर्षहरु रहेका छन् । अक्षरहरु मात्र नभएर यस वेबसाइटमा प्रत्येक हरफ अनुसार स्लाइड तयार हुन्छ ।
यसबाट थप स्पष्ट रुपमा सङ्गीत बुझ्न सकिन्छ । त्योसँगै अध्ययन गरेका कुराको अभ्यास गर्न सकिन्छ । साथै वेबसाइटमा सङ्गीतसम्बन्धी विभिन्न क्यालकुलेटर र टुलहरु छन् । यस प्लेटफर्मकाे आफ्नै मोबाइल एप पनि छ ।
यस वेबसाइटमार्फत धेरै प्रकारका वाद्यवादन र विविध प्रकारका संगीत सिक्न सकिन्छ । सन २००१ बाट सुरु गरिएको यस प्लेटफर्मले आफ्नो ९० प्रतिशत सामग्री नि:शुल्क गरेको छ ।
वेबसाइटमार्फत क्लासिकल, ज्याज, पप लगायतका संगीत सिक्न सकिन्छ । सङ्गीतसम्बन्धी विभिन्न स्रोत खोजिरहेका व्यक्तिलाई यो एक राम्रो विकल्प बन्न सक्छ ।
व्यावसायिक रुपमा सङ्गीत क्षेत्रमा जाने भए त्यसै तरिकाले सिक्नुपर्छ । यसका लागि यो वेबसाइट सहयोगी बन्न सक्छ । यस वेबसाइटमा वाद्यवादनदेखि गायनसम्मका लागि संगीतको शाइट रहेका छन् ।
यहाँ तपाईंले विभिन्न तहमा अभ्यास गर्न सक्नुहुनेछ । जस्तो: तपाईं भर्खर 'शाइट रिडिङ' गर्न सिक्दै हुनुहुन्छ भने त्यही अनुसारको अभ्यास गर्न सक्नुहुन्छ ।
यस वेबसाइटमा विभिन्न इन्स्ट्रुमेन्ट (बाजा) साथै सङ्गीतसम्बन्धी शैक्षिक सामग्री, म्युजिकका शिट उपलब्ध छन् । त्यस्तै यहाँ रोयल्टी छुट भएका नि:शुल्क सङ्गीतहरु पनि रहेका छन् ।
हुन त यो एक अमेरिकी गैरसरकारी संस्थाले चलाएको प्लेटफर्म हो । तर यसमा भएका धेरै कुरा निःशुल्क रहेका छन् । विशेषतः: शास्त्रीय सङ्गीतमा सिकिरहेका व्यक्तिलाई यो प्लेटफर्म उपयाेगी बन्न सक्छ ।