close

सौर्य ऊर्जा प्रयोग गरेर सिमेन्ट उत्पादन गर्ने प्रविधि

टेकपाना टेकपाना

फागुन ९, २०७९ ११:१६

सौर्य ऊर्जा प्रयोग गरेर सिमेन्ट उत्पादन गर्ने प्रविधि

काठमाडौं । अमेरिकी ऊर्जा विभागले सिमेक्स (CEMEX), स्यान्डिया नेसनल ल्याबोरेटरिज (Sandia National Laboratories), र सिनहेलिओन Synhelion को नेतृत्वमा रहेको संयुक्त परियोजना 'सोलार एमईएडी' (Solar MEAD) को लागि ३२ लाख डलर (४२ करोड रुपैयाँ) भन्दा बढी रकम उपलब्ध गराएको छ । 

बिहीबार प्रकाशित कम्पनीहरुले जारी गरेको प्रेस विज्ञप्ति अनुसार यो परियोजना अन्तर्गत कम्पनीहरूले सिमेन्टको लागि आवश्यक क्लिंकर उत्पादन गर्न जीवाश्म इन्धन (Fossil Fuel) को प्रयोगलाई केन्द्रित सौर्य थर्मल (Central Solar Thermal) ऊर्जाले प्रतिस्थापन गर्ने कामको परीक्षण गरिरहेको छ । 

कम्पनीले सन् २०२२ मा नै पहिलो पटक सौर्य क्लिंकर उत्पादन गरेर पहिलो सफल प्रयोगशालाको प्रदर्शन पनि गरिसकेको छ । यसले वातावरणमा उत्सर्जन उत्पादनलाई कम गर्ने विश्वास लिइएको छ ।  

१५०० सेल्सियस तापक्रममा रोटरी भट्टामा चन ढुङ्गा, माटो र अन्य सामग्री प्रयोग गरेर क्लिंकर उत्पादन गरिन्छ। प्रदूषित जीवाश्म ईन्धनहरू परम्परागत रूपमा भट्टालाई तताउन प्रयोग गरिन्छ । यो प्रक्रिया प्रत्यक्ष रुपमा कार्बन उत्सर्जन गर्नको लागि ४० प्रतिशत जिम्मेवार हुने विज्ञप्तिमा उल्लेख छ । 

नयाँ परियोजनाले कार्बन डाइअक्साइड उत्सर्जन घटाउने, क्लिंकर उत्पादनको प्रक्रियाको उत्पादन हुने तापक्रम घटाउने र सौर्य ऊर्जा प्रयोग गरेर क्लिंकर निर्माणको दक्षता बढाउने कम्पनीको दाबी छ । 

यो योजनामा कम्पनीहरू सफल हुन सकेमा यो योजनाले जीवाश्म इन्धनको १०० प्रतिशत प्रतिस्थापन मात्र नभइ हालको अत्याधुनिक प्रविधिहरूको तुलनामा अझ प्रभावकारी र कम लागतको कार्बन क्याप्चर प्रक्रियामा पनि मद्दत पुग्ने कम्पनीहरूको विश्वास छ । 
 

पछिल्लो अध्यावधिक: फागुन ९, २०७९ १२:४३