close

कारको ड्राइभिङ लाइसेन्स एडिट गरी ट्रक र बसको क्याटेगरी थप्ने व्यक्ति पक्राउ

टेकपाना टेकपाना

फागुन १०, २०७९ १७:५०

कारको ड्राइभिङ लाइसेन्स एडिट गरी ट्रक र बसको क्याटेगरी थप्ने व्यक्ति पक्राउ

काठमाडौं । नक्कली सवारी चालक अनुमतिपत्र बनाएको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रोल्पा घर भई ललितपुर गोलभट्टा बस्दै आएका २८ वर्षीय प्रकाश घर्ती मगर रहेका छन् ।

केही व्यक्तिले लिखत किर्ते गरी विभिन्न वर्गका नक्कली सवारी चालक अनुमतिपत्र बनाउने गरेको गोप्य सूचना आएपछि अनुसन्धानका क्रममा मगर पक्राउ परेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

आरोपी मगरको शरीर खानतलासी गर्ने क्रममा 'बी' वर्गको सवारी चालक अनुमतिपत्रलाई 'ए', 'बी', 'एफ' & 'जी' वर्गको नक्कली सवारी चालक अनुमतिपत्र बनाई प्रयोग गरेको अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको प्रहरीकाे भनाइ छ ।

मगरलाई मंगलबार लिखत सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर, जावलाखेल पठाइएको प्रहरीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: फागुन १०, २०७९ १८:२०