close

केपी ओलीले सञ्चालनमा ल्याए आफ्नै युट्युब च्यानल ‘केपी बा’

टेकपाना टेकपाना

फागुन १२, २०७९ १५:५८

केपी ओलीले सञ्चालनमा ल्याए आफ्नै युट्युब च्यानल ‘केपी बा’

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले युट्युब च्यानल खोलेका छन् । ओलीले 'केपी बा' (KP Baa) नामको च्यानल सञ्चालनमा ल्याएका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा एक पाेस्ट गर्दै उनले आफ्नो जन्मदिनको सन्दर्भ पारेर नयाँ युट्युब च्यानल ‘केपी बा’ सुरु गरेको जानकारी दिए ।

"मेरो जन्मदिनको सन्दर्भ पारेर नयाँ युट्युब च्यानल ‘केपी बा’ सुरु भएको छ," उनले लेखेका छन्, " यसमा आउँदो पुस्तालाई सुनाउन मेरा अनुभव र स्मरण राखिने छ ।"

उक्त च्यानलमा बिहीबार "ती तीन मृत्यु, जसले मलाई छोएर गए" शीर्षकको भिडिओ अपलोड गरिएको छ, जसमा ओलीले आफू जन्मेको दिनमा मृत्युको कुरा भन्दै राजनीति जीवनमा सक्रिय भइसकेपछि भोगेका अनुभव बाँडेका छन् ।

यो समाचार तयार पार्दासम्म उनकाे च्यानललाई एक हजार छ सय बढीले सब्सक्राइब गरेका छन् ।

पछिल्लो अध्यावधिक: फागुन १२, २०७९ १६:१५