close

सापटी दिएको रकम अब ईसेवा एपबाटै माग्न सकिने

टेकपाना टेकपाना

फागुन १३, २०७९ १३:१९

सापटी दिएको रकम अब ईसेवा एपबाटै माग्न सकिने

काठमाडौं । डिजिटल वालेट ईसेवाले एपमा 'रिक्वेस्ट मनि' फिचर समावेश गरेको छ । कुनै पनि व्यक्तिबाट आफूलाई आवश्यक परेको रकम माग गर्नुपर्‍यो वा सापटी दिनु वा लिनुपर्‍यो भने याे फिचर गर्न सकिने कम्पनीले जनाएकाे छ ।

यसअन्तर्गत ईसेवा एप खोलेर होमपेजमा जाँदा त्यहाँ 'रिक्वेस्ट मनि' (Request Money) को अप्सन देखिन्छ । उक्त अप्सनमा क्लिक गरेको खण्डमा तपाईँले सबैभन्दा पहिले रिक्वेस्ट मनिको बक्समा आफूले माग गरेको रकम राख्नुपर्ने हुन्छ ।

त्यसपछि तलको बक्समा कुन प्रयोजनका लागि माग गर्नुभएको हाे, त्यो खुलाउनुहोस् । र, अन्तिममा आफूले माग गर्नुपर्ने व्यक्तिको ईसेवा आईडी राखेर रिक्वेस्ट बटनमा क्लिक गर्नुहोस् । यति गरेपछि तपाईँको पिन नम्बर मागिन्छ ।

तपाईँले पिन नम्बर राखेको खण्डमा सो व्यक्तिको ईसेवा एपमा नोटिफिसेकसन जान्छ । उक्त व्यक्तिले 'एक्सेप्ट' को बटनमा क्लिक गरी पिन नम्बर राखेको खण्डमा पैसा स्वतः ट्रान्सफर हुने कम्पनीका प्रतिनिधिले बताएका छन् ।

यस्तै फिचर हाम्रो पात्रोको 'हाम्रो पे' वालेटमा पनि उपलब्ध  छ । 

पछिल्लो अध्यावधिक: फागुन १३, २०७९ १४:५४