close

आज सार्वजनिक हुँदै साओमी १३ प्रो, यसरी हेर्नुहोस् लाइभ

टेकपाना टेकपाना

फागुन १४, २०७९ १४:५६

आज सार्वजनिक हुँदै साओमी १३ प्रो, यसरी हेर्नुहोस् लाइभ

काठमाडौं । साओमीले विश्वबजारमा आज साओमी १३ सिरिज सार्वजनिक गर्ने भएको छ । स्पेनको बार्सिलोनामा हुन लागेकाे माेबाइल वर्ल्ड कंग्रेस कार्यक्रमकाे अवसर पारी कम्पनीले साओमी १३ र साओमी १३ प्राे सहितकाे याे फ्ल्यागशिप सिरिज सार्वजनिक गर्न लागिएकाे हाे ।

साओमी १३ प्रोकाे मुख्य आकर्षणमा सोनी आईएमएक्स९८९ सेन्सर हुने अनुमान छ । साथै यसमा स्न्यापड्रागन एट जेन टु चिप हुनेछ । शक्तिशाली चिपसेटसँगै सोनी आईएमएक्स ९८९ सेन्सर भएकाले साओमीले याे फाेनलाई विशेष प्राथमकिता दिएकाे छ ।

त्यस्तै क्यामेराको पर्फर्मेन्स सुधार गर्न कम्पनीले लेइका ब्रान्डको लेन्स प्रयोग गरेको छ । ​फाेनमा १२० हर्ज रिफ्रेश रेटसहितको ६.७३ इन्च ओएलईडी कर्भ्ड डिस्प्ले हुने चर्चा छ । 

'बिहाइन्ड द मास्टरपिस' ट्यागलाइन सहित हुने साओमीकाे कार्यक्रम नेपाली समयअनुसार बेलुकी ८ः४५ देखि सुरु हुनेछ । याे कार्यक्रमकाे लाइभ साओमीकाे युट्युब च्यानलमार्फत हेर्न सकिन्छ ।

 

पछिल्लो अध्यावधिक: फागुन १४, २०७९ १५:८