close

एलन मस्क फेरि बने विश्वकै धनी व्यक्ति

टेकपाना टेकपाना

फागुन १७, २०७९ १८:३८

एलन मस्क फेरि बने विश्वकै धनी व्यक्ति

काठमाडौं । बर्नाड अर्नाल्टलाई उछिन्दै टेस्लाका मालिक एलन मस्क पुनः सर्वाधिक धनी व्यक्ति बनेका छन् । सोमबार टेस्लाको शेयरमूल्य बढ्दा मस्कले धनीहरूकाे सूचीमा पुनः शीर्ष स्थान कब्जा गरेका हुन् ।

ब्लुम्बर्ग बिलिनियर इन्डेक्सका अनुसार बुधबार मस्कको सम्पत्ति १८६ अर्ब डलर बढी रहेको छ । दोस्रो स्थानमा झरेका अर्नाल्टको सम्पत्ति मस्कको भन्दा दुई अर्ब डलरले कम छ ।

ट्वीटरको स्वामित्व पूर्ण रुपमा मस्कले लिएपछि टेस्लाको शेयरमा भारी गिरावट आएको थियो, जसले गर्दा कुनै समय ३४० अर्ब डलर बढी सम्पत्ति भएका मस्क २०० अर्ब डलर बढी गुमाउँदै गत महिना १३७ अर्ब डलर सम्पत्तिमा खुम्चिएका थिए ।

त्यसपछि भने कम्पनीको शेयरले लगातार उचाइ चुमिरहँदा मस्क पुनः संसारकै धनाढ्य व्यक्ति बन्न पुगेका छन् । सबैभन्दा धनी व्यक्तिको कीर्तिमान बनाएका मस्कसँग इतिहासमा सबैभन्दा बढी रकम गुमाउने व्यक्तिको विश्व रेकर्ड पनि छ ।

अर्नाल्ट र मस्कको सम्पत्तिको भिन्नता त्यति धेरै छैन । त्यसैले मस्क यो स्थान कति समयसम्मका लागि कायम राख्न सक्छन्, यसै भन्न सकिने अवस्था छैन ।

पछिल्लो अध्यावधिक: फागुन १७, २०७९ १८:३८