काठमाडौं । नेपाली बजारमा रियलमीले आफ्नो अहिलेसम्मकै पातलो स्मार्टफोन 'रियलमी १०' सार्वजनिक गरेको छ । ८ जिबी र्याम र १२८ जीबी रोम भेरियन्टमा उपलब्ध यो फोनको मूल्य रु.२९ हजार ९९९ रुपैयाँ तोकिएको छ ।
७.९५ मिमि मोटाइ रहेको स्मार्टफाेनमा ५००० एमएएचको ब्याट्री दिइएको छ । यो फोनमा मेडियाटेक हेलियो जी९९ प्रोसेसर र ९० हर्जको एमोलेड डिस्प्लेको कम्बो रहेको छ, त्यसैले यसलाई कम्पनीले 'पावर किङ'को रुपमा प्रस्तुत गरेको छ । यसमा ९० हर्ज एमोलेड डिस्प्ले र मेडियाटेक जी९९ चिपसेट दिइएको छ । फोन चलाउँदा भिजुअल एक्स्पिरियन्स अझ राम्रो हुने, रंगहरु प्रस्ट देखिने र औंलाको दागहरु धेरै नबस्ने कम्पनीले जनाएको छ ।
कर्निङ गोरिल्ला ग्लास फाइभ डिस्प्ले भएको स्मार्टफोनमा १००० निट्सको ब्राइट्नेस दिइएको छ । यसअघिको मोडेल रियलमी ९ मा भन्दा रियलमी १० मा रहेको प्रोसेसर (एसओसी) को पावर पर्फर्मेन्स ४० प्रतिशतले बढी रहेको कम्पनीको दाबी छ ।
कम्पनीका अनुसार बजेट फोनमा उत्कृष्ट गेमिङ एक्स्पिरियन्स लिन चाहने उपभोक्ताका लागि त यो फोन उपयुक्त रहेको छ । यसमा ब्यालेन्स्ड मोडमा ४० एफपीएसमा पब्जी खेल्न मिल्छ । त्यस्तै रियलमी १० मा ८ जीबीसम्मको भर्चुअल र्याम राखिएको छ, जसले गर्दा र्यामको क्षमता १६ जीबीसम्म विस्तार गर्न सकिन्छ ।
''१६ जीबीको ठूलो डाइनामिक र्याम सिस्टम एक्स्पिरियन्सलाई अझै स्मुथ बनाउन यसमा ८ जीबीको र्याम र १२८ जीबीको रोम प्रदान गरिएको छ, जसमा ३२००० सम्म फोटोहरु स्टोर गर्न मिल्छ भने यसको स्टोरज अझै १ टीबीसम्म बढाउन मिल्छ,'' कम्पनीको विज्ञप्तिमा भनिएको छ ।
यसमा ५००० एमएएचको ब्याट्री दिइएको छ भने ३३ वाटको फास्ट चार्जिङ उपलब्ध छ । त्यस्तै फोनमा ५० मेगापिक्सेलको मुख्य क्यामरा र १६ मेगापिक्सेलको सेल्फी क्यामरा राखिएको छ ।
''फोनको मुख्य क्यामरामा भएको ५० मिलियन पिक्सेलको सामसँग जेएन१ सेन्सरले गर्दा फोटोहरु असाध्यै उत्कृष्ट आउँछन् । त्यस्तै प्रो–लाइट प्रविधियुक्त नाइट मोडबाट धेरै नोइज हटाएर फोटो खिच्न सकिन्छ भने प्रोसेसर पर्फर्मेन्सले गर्दा शटर स्पिड पनि १२१ प्रतिशतले सुधारिएको छ,'' कम्पनीले दाबी गर्दे लेखेको छ ।