close

ह्वाट्सएपले ल्यायो भिडिओ कलको लिङ्क शेयर गर्न मिल्ने फिचर, यसरी गर्नुहोस् प्रयोग

टेकपाना टेकपाना

फागुन २०, २०७९ २१:३४

ह्वाट्सएपले ल्यायो भिडिओ कलको लिङ्क शेयर गर्न मिल्ने फिचर, यसरी गर्नुहोस् प्रयोग

काठमाडौं । ह्वाट्सएपले विन्डाेज एपमा पनि भिडिओ कलको लिङ्क शेयर गर्न मिल्ने फिचर सार्वजनिक गरेको छ । यसका माध्यमबाट प्रयोगकर्ता सोझै भिडिओ कलमा जोडिन सक्छन् ।

विन्डोजका लागि माइक्रोसफ्टबाट पछिल्लो अपडेटसहितको एप डाउनलोड गर्दा सो फिचर प्रयोग गर्न सकिन्छ । यो फिचर प्रयोग गरी ग्रुप भिडिओ च्याटमा ल्याउन चाहेको व्यक्तिलाई लिङ्क पठाउनुपर्ने हुन्छ ।

उक्त लिङ्क क्लिक गरेर 'जोइन' अप्सनमा क्लिक गरेको खण्डमा भिडिओ च्याटमा जाेडिन सकिन्छ । 

यस्ताे छ तरिका

मोबाइल एपबाट लिङ्कमार्फत भिडिओ च्याट गर्न तलको प्रक्रिया अपनाउनुहोस् ।

-   सबैभन्दा पहिले ह्वाट्सएप एप खोल्नुहोस् ।

 

-   त्यसपछि होमपेजमा रहेको 'कल्स' (Calls) अप्सनमा जानुहोस् ।

-   अनि, सबैभन्दा माथि रहेको 'क्रियट कल लिङ्क' (Create call link) अप्सनमा क्लिक गर्नुहोस् ।

 

-   त्यहाँ भएको कपी लिङ्कको अप्सनमा क्लिक गरेर लिङ्क कपी गर्नुहोस् ।

-   अनि आफूले भिडिओ च्याटमा ल्याउन चाहेको व्यक्तिलाई लिङ्क फर्वार्ड गर्नुहोस् । (यस्तो लिङ्क सोझै ह्वाट्सएप, मेसेन्जर, फेसबुक, इन्स्टाग्राम वा अन्य प्लेटफर्ममा शेयर गर्न सकिन्छ ।)

-   अनि माथि लिङ्कमा क्लिक गर्नुहोस् ।

-   र, अन्तिममा दायाँपट्टि रहेको 'जोइन' अप्सनमा क्लिक गर्नुहोस् ।

-   यसरी भिडिओ च्याटमा जोइन हुन सकिन्छ ।

विन्डोजको एप वा ब्राउजरबाट पनि यो फिचर यही तरिकाले प्रयोग गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: फागुन २०, २०७९ २१:३४