close

अब ईसेवाबाट ईसेवामा दिनमा २ पटकभन्दा बढी रकम ट्रान्सफर गर्दा शुल्क लाग्ने

टेकपाना टेकपाना

फागुन २१, २०७९ १५:४६

अब ईसेवाबाट ईसेवामा दिनमा २ पटकभन्दा बढी रकम ट्रान्सफर गर्दा शुल्क लाग्ने

काठमाडौं । अब ईसेवाबाट दुई भन्दा बढी कारोबार गर्दा शुल्क तिर्नुपर्ने भएको छ । डिजिटल वालेट ईसेवाको एउटा अकाउन्टबाट अर्को ईसेवाको अकाउन्टमा दिनमा दुई पटकभन्दा बढी कारोबार गर्दा अब सेवा शुल्क लाग्ने भएको हो । 

कम्पनीले फागुन ९ गतेबाट दुई ओटाभन्दा अतिरिक्त कारोबार गर्दा शुल्क लाग्ने प्रणाली सुरु गरेको हो ।

यस अन्तर्गत अब दिनमा ईसेवाबाट ईसेवामा रकम पठाउँदा दिनमा दुई पटकसम्म र महिनामा ३० पटकसम्म निःशुल्क रकम पठाउन सकिन्छ । त्यसबाहेक हरेक कारोबारमा सेवा शुल्क बापत पाँच रुपैयाँ लाग्ने कम्पनीका प्रतिनिधिले जानकारी दिए ।

यसअघि कम्पनीले ईसेवाबाट ईसेवामा निःशुल्क रकम पठाउने सुविधा दिएको थियो । पछिका दिनमा हरेक कारोबारका लागि पाँच रुपैयाँ सेवा शुल्कलाई परिमार्जन गर्ने कम्पनीको योजना छ ।

यो बाहेक अन्य कारोबारमा भने ईसेवाले शुल्क लिदैँ आएको छ ।  

 

पछिल्लो अध्यावधिक: फागुन २१, २०७९ १५:५४