काठमाडौं । युरोपको ठूलो इलेक्ट्रोनिक्स ब्रान्ड बेकोले निःशुल्क एसी मर्मत र पुरानो एसी नयाँसँग साट्न मिल्ने आकर्षक अफर ल्याएको छ । कम्पनीले फागुन १५ देखि सीमित अवधिका लागि यस्तो अफर ल्याएको हो ।
कम्पनीले सम्पूर्ण एसीका ग्राहकहरूलाई लक्षित गरी नि:शुल्क एसी सर्भिस र एक्सचेन्ज क्याम्प ल्याइएको जनाएको छ । यस योजना अन्तर्गत ग्राहकहरूले कुनै पनि ब्रान्डका एसीमा निःशुल्क एसी सर्भिसिङ पाउनुका साथै जुनसुकै अवस्थाको पुरानो एसी साट्न चाहेमा उक्त पुरानो एसीको उचित मूल्याङ्कनका साथै बेकोको उच्च गुणस्तरीय एसीसँग साट्न सक्नेछन् ।
नयाँ बेको एसीहरूमा १० वर्षको कम्प्रेसर वारेन्टी रहेको छ । साथै कम्पनीले एसीको रिपेयरिङ गर्दा स्पेयर पार्ट्समा ५० प्रतिशतसम्म छुटका साथै नयाँ बेको एसी खरिद गर्दा २० प्रतिशतसम्मको विशेष छुट प्रदान गरिने बताएको छ ।
यो सुविधा र सर्भिस लिनको लागि ९८०३६२१९२४, ९८६४४७५५६९ मा फोन अथवा ईमेलमार्फत रजिस्टर गराउनु पर्नेछ । कम्पनीका अनुसार यो सुविधा ग्राहकहरूले घरमै बसिबसि लिन सकिनेछ ।
सीजी इलेक्ट्रोनिक्स नेपालभरका लागि बेको ब्रान्डको आधिकारिक बिक्रेताको रुपमा रहेको छ । सीजी ईलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरूलाई सीजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो बिक्रेता सञ्जालमार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ ।
कम्पनीका सीजी डिजिटल शोरुमहरू काठमाडौं भित्र टङ्गाल, कुमारीपाटी, भक्तपुर राधेराधे, कीर्तिपुर, रविभवन, हात्तीगौँडा, त्रिपुरेश्वर, नयाँबजार, बसुन्धारा र जोरपाटी रहेका छन् । त्यस्तै काठमाडौं बाहिर इटहरी, हेटौंडा, भरतपुरमा समेत सीजी डिजिटल शोरुम रहेका छन् ।