close

आफ्नो प्रिय व्यक्तिको जन्मदिन बिर्सिने बानी छ ? अब गुगलले सम्झाउनेछ

टेकपाना टेकपाना

फागुन २२, २०७९ १४:५७

आफ्नो प्रिय व्यक्तिको जन्मदिन बिर्सिने बानी छ ? अब गुगलले सम्झाउनेछ

काठमाडौं । व्यस्त जीन्दगीको समयमा धेरै कुरा सम्झनामा रहँदैनन् । विशेषगरी आफ्ना प्रिय व्यक्तिहरूको जन्मदिन बिर्सँदा समस्यामा पर्नुभएको अनुभव होला । तर अब चिन्ता नगर्नुहोस् ।

गुगलले तपाईँको सम्पर्क नम्बरमा भएका व्यक्तिहरुको जन्मदिन तपाईँलाई सम्झाउनेछ । गुगलले नयाँ फिचर सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

यो फिचर अनुसार तपाईँको मोबाइलमा भएको सम्पर्कमा भएका व्यक्तिहरूको जन्मदिनको विषयमा तपाईँलाई नोटिफिकेसन दिनेछ ।

यदि तपाईँले गुगलको कन्ट्याक्ट एप प्रयोग गर्नुभएको छ भने तपाईँको डिभाइसमा सेभ भएका नम्बरको जन्मदिनको नोटिफिकेसन आउनेछ ।

एपको ४.२ सँगै 'फर यु' नाम दिइएको यो फिचर उपलब्ध हुनेछ ।

पछिल्लो अध्यावधिक: फागुन २२, २०७९ १४:५७