काठमाडौं । कुनै अपरिचित नम्बरबाट फोन आयो भने तपाईँ उक्त कल उठाउनु हुन्छ कि त्यसलाई छोडीदिनुहुन्छ ?
पछिल्लो समयमा फोनकलबाट हुने फिसिङका गतिविधिहरू पनि बढ्ने क्रममा छ । यस्तोमा कुनै अपरिचित नम्बर वा अननोन र प्राइभेट नम्बर भनेर लेखिएर आएका फोनकलहरू हत्तपत्त उठाइहाल्नु उपयुक्त हुँदैन ।
स्क्यामरहरूले स्पुफिङ प्रविधि मार्फत पनि स्क्याम गरिरहेका हुन्छन् । स्पुफिङ प्रविधि त्यस्तो प्रविधि हो जसमा फोन गर्ने व्यक्तिको वास्तविक नम्बर नदेखि फरक नम्बर देखिने गर्छ । यसले स्क्यामरको पहिचान लुकाउने काम गर्छ ।
स्क्यामरहरूले प्रायः स्थानीय क्षेत्र कोडहरू प्रयोग गर्छन् र मानिसलाई फोन उठाउन बाध्य बनाउँछन् । यति मात्र होइन पछिल्लो समयमा विभिन्न देशका वा अन्य देशका स्थानिय कोडहरू प्रयोग गरेर फोन गर्ने गरेका छन् जसले गर्दा अन्तर्राष्ट्रिय फोन आएको सोचेर मानिसहरूले फोन उठाउँछन् ।
पछिल्लो समयमा निकै प्रयोग भएका कोडहरु यस्ता छन्: २६८ (एन्टिगुआ र बर्बुडा), ८७६ (जमैका), ४७३ (ग्रेनाडा र क्यारियाको), ६४९ (टर्क्स र क्याकोस टापुहरू) र २८४ (ब्रिटिश भर्जिन आइल्यान्ड)।
यस्ता एरिया कोडहरू भएका नम्बरहरूबाट आउने फोन कलहरूलाई बेवास्ता गर्न उपयुक्त हुन्छ ।