close

फेसबुकमा कसरी पठाउने रिलेसनशिप रिक्वेस्ट ?

टेकपाना टेकपाना

फागुन २३, २०७९ २२:४२

फेसबुकमा कसरी पठाउने रिलेसनशिप रिक्वेस्ट ?

काठमाडौं । ल मानौं तपाईँ कसैसँग प्रेम सम्बन्धमा जोडिनुभयो । आफू प्रेम सम्बन्धमा परेको कुरा आफ्ना साथीलाई जानकारी दिन चाहनुहुन्छ, तर यस्तो अवस्थामा तपाईँ के गर्नुहुन्छ ?

हुन त तपाईँ कसैसँग प्रेम सम्बन्धमा पर्नुभयो भने सबैलाई जानकारी दिनैपर्छ भन्ने हुँदैन । तर, पनि आफू प्रेम सम्बन्धमा रहेको कुरा अरूलाई जानकारी दिन चाहनुहुन्छ भने यो टिप्स काम लाग्न सक्छ ।

आफू कसैसँग प्रेम सम्बन्ध (रेलेसनशिप) मा रहेको कुरा फेसबुकमार्फत जानकारी दिन चाहनुहुन्छ भने तलको कुरा अपनाउनुहोस्:

फेसबुकमा यसरी पठाउनुहोस् रेलेसनशिप रिक्वेस्ट ?

कसैलाई रेलेसनशिप रिक्वेस्ट पठाउनुअघि आफू वास्तविक रूपमा प्रेम सम्बन्धमा रहेको कुरा पुष्टि गर्नुहोस् । तपाईँले रेलेसनशिप रिक्वेस्ट पठाएको मान्छेले उक्त रिक्वेस्ट एक्सेप्ट वा रिजेक्ट जे पनि गर्न सक्छ ।

यदि रेलेसनशिप रिक्वेस्ट एक्सेप्ट गरेको छ भने तपाईंको फेसबुक डिटेल सेक्सनमा तपाईँ सो व्यक्तिसँग प्रेम सम्बन्धमा रहेको देखिन्छ । अर्थात् तपाईँको टाइमलाइनमा जाने व्यक्तिले तपाईँ सम्बन्धमा परेको देख्न सक्नेछन् ।

तपाईँले जसलाई रेलेसनशिप रिक्वेस्ट पठाउन लाग्नुभएको हो, सो व्यक्ति तपाईँसँग फेसबुकमा साथी हुनुपर्छ ।

फेसबुकमा रेलेसनशिप रिक्वेस्ट पठाउन तलको प्रक्रिया अपनाउनुहोस्:

-  सबैभन्दा पहिले आफ्नो डिभाइसमा फेसबुक खोल्नुहोस् ।

-  त्यसपछि माथि दायाँपट्टि प्रोफाइलको आइकनमा ट्याप गर्नुहोस् । अनि आफ्नो नाममा ट्याप गरेर आफ्नो टाइमलाइनमा जानुहोस् ।

-  र, 'एडिट पब्लिक डिटेल' मा जानुहोस् ।

-  'डिटेल्स' अप्सन खोज्नुहोस् । त्यहाँ छेउमा रहेको 'एडिट' अप्सनमा क्लिक गर्नुहोस् ।

-  यति गरेपछि 'रिलेसनशिप' (Relationship) को छेउमा रहेको 'पेन'को आइकनमा क्लिक गर्नुहोस् ।

-  सिङ्गलको अप्सनमा क्लिक गरेर आफू कुन स्टाटसमा छ त्यो छान्नुहोस् ।

-  यति गरेपछि त्यहाँ एउटा पार्टनर (Partners) को बक्स देखिन्छ । त्यही बक्समा क्लिक गरेर आफू प्रेम सम्बन्धनमा परेको व्यक्तिको नाम छान्नुहोस् ।

-  त्यसपछि तल दायाँपट्टि भएको सेभको बटनमा क्लिक गर्नुहोस् ।

-  त्यसपछि उक्त पोस्ट आफ्नो टाइमलाइनमा पोस्टका रूपमा देखाउनु छ भने 'शेयर' अप्सनमा क्लिक गर्नुहोस् । देखाउनु छैन भने माथि बायाँपट्टि भएको क्रस चिन्हमा दबाउनुहोस् ।

यसरी रिक्वेस्ट पठाइसकेपछि सो व्यक्तिले नोटिफिकेसनमा गएर रिक्वेस्टको अप्सन कन्फर्म गर्नुपर्ने हुन्छ । यति गरपेछि रिलेसनशिप रिक्वेस्ट पठाउने र एक्सेप्ट हुने काम हुन्छ ।  

 

 

पछिल्लो अध्यावधिक: चैत १, २०७९ २२:४