close

पाइथन सिक्न चाहनेका लागि १४ दिने बुटक्याम्प हुँदै

टेकपाना टेकपाना

फागुन २६, २०७९ ८:११

पाइथन सिक्न चाहनेका लागि १४ दिने बुटक्याम्प हुँदै

काठमाडौं । पाइथन सिक्न चाहनेका लागि १४ दिने बुटक्याम्प हुने भएकाे छ । विद्यार्थीहरूकाे संस्था डेटा रिसर्च काउन्सिल फर स्टुडेन्ड (डीआरसीएफएस) ले मंगलबार (मार्च १४) देखि पाइथनसम्बन्धी इन्टरमिडियट लेभलकाे साे बुटक्याम्प गर्न लागेकाे हाे ।

जोसुकैले सहभागिता जनाउनसक्ने बुटक्याम्पका लागि दर्ता शुल्क ६९९ रुपैयाँ ताेकिएकाे छ ।

पाइथनबारे विस्तृतमा जानकारी नभएका विद्यार्थीलाई सघाउने सामग्री उपलब्ध गराइने संस्थाका अध्यक्ष तथा सह-संस्थापक विशाल खरेलले जानकारी दिए ।

बुटक्याम्पमा सहभागी हुन यो लिङ्कमा क्लिक गरेर दर्ता गर्न सकिन्छ । यसअघि उक्त संस्थाले एकमहिने बुटक्याम्प सञ्चालन गरेको थियो ।

 

 

पछिल्लो अध्यावधिक: फागुन २६, २०७९ ९:१९