close

एन्ड्रोइड १४ मा क्यामेरा र स्क्रिन फ्ल्याशबाटै नोटिफिकेसन थाहा पाउन सकिने

टेकपाना टेकपाना

फागुन २७, २०७९ ६:१९

एन्ड्रोइड १४ मा क्यामेरा र स्क्रिन फ्ल्याशबाटै नोटिफिकेसन थाहा पाउन सकिने

काठमाडौं । एन्ड्रोइड १४ मा क्यामेरा र स्क्रिन फ्ल्याशबाटै नोटिफिकेसन थाहा पाउन सकिने भएको छ । यसका लागि गुगलले एक्सेसिबिलिटी सेटिङ्स (accessibility settings) भित्र ‘फ्ल्याश नोटिफिकेसन’ फिचर ल्याउने लागेकाे छ ।

हालै सम्पन्न एन्ड्रोइड‍ १४ को 'सेकेन्ड डेभलपर प्रिभ्यु' मा याे फिचर उपलब्ध गराइएकाे गुगलले जनाएकाे छ । यस फिचरको प्रयोगबाट प्रयोगकर्ताले क्यामेरा वा डिस्प्लेलाई फ्ल्याश (Flash) का लागि प्रयोग गर्नसक्ने छन् ।

त्यस्तै क्यामरा र डिस्प्ले दुवैलाई फ्ल्याशका रुपमा प्रयोग गर्न पनि सकिनेछ । साथै फ्ल्याश नोटिफिकेसनमा प्रयोगकर्ताले आफूले चाहेको रङ चयन गर्न सक्छन् । यसले गर्दा कुन एपको नोटिफिकेसन हो भनेर रङ्गको आधारमा थाहा हुनेछ । विशेषगरी यो फिचर कान कम सुन्ने प्रयोगकर्तालाई धेरै उपयोगी हुने जनाइएको छ ।

यसअघि केही एन्ड्रोइड फोनमा ‘नोटिफिकेसन लाइट्स’ (notification lights) फिचर उपलब्ध गराइएको थियो । उक्त फिचर प्रयोग गर्दा समेत ‍नोटिफिकेसन आउँदा फ्ल्याश आउँथ्यो ।

साथै ती फ्ल्याशलाई विभिन्न रङ परिवर्तन पनि गर्न सकिन्थ्यो । यद्यपि कतिपयले थर्ड पार्टी एपहरू प्रयोग गरेर समेत यो फिचर प्रयोग गरिरहेका छन् । हाल एन्ड्रोइड १४ डेभलपर प्रिभ्युकै चरणमा रहेको छ ।

पछिल्लो अध्यावधिक: फागुन २७, २०७९ ६:१९