close

टाटा मोटर्सको एक्सचेन्ज क्याम्प: पेट्रोल, डिजेलबाट चल्ने गाडी विद्युतीय सवारीसँग साट्न मिल्ने

टेकपाना टेकपाना

फागुन २७, २०७९ ६:३६

टाटा मोटर्सको एक्सचेन्ज क्याम्प: पेट्रोल, डिजेलबाट चल्ने गाडी विद्युतीय सवारीसँग साट्न मिल्ने

काठमाडौं । टाटा मोटर्सले पेट्रोल, डिजेलबाट चल्ने सवारीसाधनलाई विद्युतीय सवारीसँग साट्न मिल्ने गरी एक्सचेन्ज क्याम्प सञ्चालन गरेको छ । फागुन २६, २७ र २८ गते नेपालभरि रहेका सिप्रदी तथा सिप्रदीका आधिकारिक टाटा मोटर्स शोरुममा यो एक्सचेन्ज क्याम्प चल्ने कम्पनीले जनाएको छ ।

''चलिरहेको बजारको मूल्यभन्दा गाडीको विशेष मूल्यांकन, सरल फाइनान्सको सुविधा, इन्स्योरेन्सको सुविधाका साथै हरेक गाडी हस्तान्तरणमा निःशुल्क गाडीका लागि उपयुक्त पार्टपुर्जा पनि पाइनेछ,'' कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

टाटा मोटर्स नेक्सन ईभी र टिगोर ईभीको माग बढिरहेको दाबी गर्दै कम्पनीले यसलई थप सुलभ बनाउन चालू अवस्थामा रहेका गाडीहरू टाटा मोटर्सका नयाँ ईभीसँग साट्न सकिने गरी एक्सचेन्ज क्याम्प सञ्चालन गरेको जनाएको छ ।

पछिल्लो अध्यावधिक: फागुन २७, २०७९ ६:५५