close

१६ हजार मूल्य पर्ने सामसङ ग्यालेक्सी एम ०४ नेपाली बजारमा, ८ जीबीसम्म र्‍याम बढाउन मिल्ने

टेकपाना टेकपाना

फागुन ३०, २०७९ २३:८

१६ हजार मूल्य पर्ने सामसङ ग्यालेक्सी एम ०४ नेपाली बजारमा, ८ जीबीसम्म र्‍याम बढाउन मिल्ने

काठमाडौं । नेपाली बजारमा सामसङको सस्तो फोन सार्वजनिक भएको छ । कम्पनीले ग्यालेक्सी एम ०४ नेपाली उपभोक्ताका लागि भित्र्याएको हो ।

अनलाइन शपिङ साइट दराजबाट यो फोनको प्रि-अर्डर गर्न सकिन्छ । ६.५ इन्चको डिस्प्ले रहेको ग्यालेक्सी एम०४ मा ४ जीबी र्‍याम रहेकाे छ । प्रयाेगकर्ताले भर्चुअल र्‍याम (र्‍याम प्लस) मार्फत ८ जीबीसम्म र्‍याम​ बढाउन सक्नेछन् ।

यसैगरी फाेनमा १ टीबीसम्म स्टोरेज विस्तार गर्न सकिने सुविधा छ । मिडिया टेक हेलियो पी३५ प्रोसेसर रहेकाे फाेनमार्फत प्रयोगकर्ताले परिष्कृत कार्यसम्पादन, सहज मल्टिटास्किङ, सजिलो एप नेभिगेसन र निर्वाध गेमिङ अनुभव गर्नेसक्ने कम्पनीको दाबी छ ।

यो फोनमा ५००० एमएएच ब्याट्री दिइएको छ ।

हरियो र निलोेमा रङमा उपलब्ध फोनको मूल्य ४+६४ जीबी भेरियन्टकाे १५ हजार ९९९ रुपैयाँ र ४+१२८ जीबी भेरियन्टको १६ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

पछिल्लो अध्यावधिक: फागुन ३०, २०७९ २३:८