close

नयाँ एनसेल सिम लिनेलाई ५९९ मै २० जीबी डेटासँगै १५० मिनेट कल, रिचार्जमा १०% बोनस

टेकपाना टेकपाना

चैत २, २०७९ १९:३६

नयाँ एनसेल सिम लिनेलाई ५९९ मै २० जीबी डेटासँगै १५० मिनेट कल, रिचार्जमा १०% बोनस

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्ना प्रिपेड ग्राहकहरूका लागि डेटा र भ्वाइस सेवाको बन्डल गरी नयाँ प्याक सार्वजनिक गरेको छ । कम्पनीले प्रिपेड सिम लिने नयाँ ग्राहकलाई लक्षित गर्दै स्टार्टर प्याकेजको रुपमा  ‘मज्जाको प्लान’ ल्याएको हो ।

३ चैत, शुक्रबारदेखि सञ्चालनमा आउने यो प्लान इच्छुक ग्राहकले नजिकैको एनसेल सेन्टर वा आधिकारीक प्वाइन्ट अफ सेल्स (पीओएस) बाट खरिद गर्न सक्नेछन् । करसहित ५९९ रुपैयाँ रहेको यो प्याक अन्तर्गत ग्राहकले २० जीबी डेटा र १५० मिनेट लोकल टक टाइम प्राप्त गर्न सक्ने बताइएको छ ।

प्राप्त डेटा र टक टाइम सिम सुरु भएको दिनदेखि २८ दिन सम्मका लागि मान्य हुनेछ । यसका साथै यो प्लान लिने ग्राहकले २०० रुपैयाँ वा सोभन्दा माथिको रिचार्जमा बोनस पनि प्राप्त गर्न सक्नेछन् ।

जसअनुसार २०० देखि ४९९ रुपैयाँसम्मको रिचार्जमा पाँच प्रतिशत बोनस र ५०० रुपैयाँ वा सोभन्दा माथिको रिचार्जमा १० प्रतिशत बोनस रहेको छ । यो प्लान लिने ग्राहकले डेटा र भ्वाइस सेवा बन्डल गरिएको ५९९ रुपैयाँको यो प्लान ग्राहकले सिम खरिद गरेको दिनदेखि ९० दिनसम्म आवश्यकता अनुसार जति पटक पनि खरिद गर्न सक्नेछन् ।

पछिल्लो अध्यावधिक: चैत २, २०७९ १९:३६