कानून मिचेर राष्ट्रपतिको ट्वीटर ह्यान्डल निजी बनाएपछि विद्या भण्डारीमाथि आक्रोश
चैत ३, २०७९ १८:५६
काठमाडौं । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले कानून मिचेर राष्ट्रपतिको आधिकारिक ट्वीटर ह्यान्डललाई निजी बनाएपछि चौतर्फी आलोचना भएको छ । राष्ट्रपतिको आधिकारिक ह्यान्डल @presidentofNP लाई म्यानिपुलेट गरेर नयाँ ह्यान्डल @BidhyaDBhandari बनाएपछि सामाजिक सञ्जालमा उनको आलोचना भएको हो ।
आफ्नो कार्यकाल सकिएपछि सो पदमा आउने नयाँ व्यक्ति वा टिमलाई अकाउन्ट हस्तान्तरण गर्ने अभ्यास सामान्य भएपनि पूर्वराष्ट्रपति भण्डारीले भने राष्ट्रपतिको ट्वीटर ह्यान्डल नै आफ्नो नाममा परिवर्तन गरिन् । त्यसपछि @presidentofNP ट्वीटर ह्यान्डल अर्कै व्यक्तिले लिइसकेका छन् ।
यसले गर्दा अब नेपालको राष्ट्रपतिको आधिकारिक ह्यान्डलका लागि उक्त ह्यान्डल रिकभर हुने वा नहुने अन्योल गरेको साइबर सुरक्षा जानकारले बताएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जारी गरेको सरकारी निकायद्वारा सामाजिक सञ्जाल प्रयोग गर्ने कार्यविधि, २०७५ को बुँदा नम्बर १७ मा सरकारी निकायले सञ्चालनमा ल्याएका सामाजिक सञ्जालका खाताहरू व्यवस्थापन गर्ने जिम्मेवारीको विषय उल्लेख गरिएको छ ।
यसअन्तर्गत ''कुनैपनि खाता सञ्चालन गर्न जिम्मेवारी तोकिएको कर्मचारी सरुवा भै गएमा वा अन्य कुनै कारणले अनुपस्थित हुने अवस्था भएमा सो खाता सञ्चालनको जिम्मा र सोसँग सम्बन्धित मोबाइल फोन ईमेल समेत अर्को कर्मचारीलाई शीघ्र हस्तान्तरण गर्नुपर्ने र खाताको नियमित सञ्चालन सुनिश्चित गर्नुपर्नेछ'' भनेर लेखिएको छ ।
बहालवाला राष्ट्रपतिको नामबाट ट्वीट गर्न सञ्चालन गरिएको ट्वीटर अकाउन्ट पूर्वराष्ट्रपतिको निजी नाममा परिवर्तन भएपछि सामाजिक सञ्जालमा अनेकथरीका टिप्पणी भइरहेका छन् ।
अझै खलुदादा को जति फ्लोअर भएको भए के गर्थे होलान्
— कविता लुटिएको कवि 😜 (@palanschhantyal) March 17, 2023
😂😂
हुन त मेरो जति फ्लोअर बटुल्न हैसियत नभएकोले 25 k फ्लोअर देख्दा लोभिनु पनि स्वाभाविक नै हो भन्ने ठान्याछु 🤣🤣
संस्थागत टुइटर हेन्डल ब्यक्तिगत टुइटर हेन्डलमा रुपान्तरण!
— Ranjan Karki (@RanjanKaarki) March 17, 2023
हिजो राजा महाराजहरुलाई निरंकुश देख्नेहरु पाए भने यिनीहरू कति निरंकुश छन्।
कतिसम्म लालच हो? रास्ट्रपति भवनमा अरुमालसामान ठिक त छन् ? महारानी विद्यादेबी भण्डारीको @PresidentofNP लाई @biddyabhandari मा रुपान्तरित गरिछन्!! pic.twitter.com/9e0jhpmoH0
फलोअरको लोभ होला… अरू त के पाउनु छ र!
— Yadav Pokharel (@pokharya) March 16, 2023
ह्वाँ राष्ट्रपति हुँदा प्रयोगमा आएको @PresidentofNP आफै बोकेर जानु भएछ । सम्मान हररररर बढेर आयो । https://t.co/okLhjnvfAF
— Amrit Baniya (@dearamrit1) March 16, 2023
राष्ट्रपती कार्यालयको आधिकारिक ट्विटर ह्यान्डल @presidentofnp चोरेर लानु भएछ जाँदाजाँदै ।
— बेनामे (@Royalkhalasi) March 16, 2023
नसकिने हैट । pic.twitter.com/cxgLG3sBR8
यो त हद भयो @PresidentofNP ह्यान्डल इमानदारीपूर्वक नेपाल सरकारको राष्ट्रपतिको सेक्रेटरियेट लाई हस्तान्तरण गरियोस्।@BidyaDBhandari
— احسان اللہ (@Ehsanullah_Miya) March 17, 2023
यतिसम्म दरिद्रता नदेखाएको भए पूर्व महामहिमज्यूले ले खै के भन्नु र एउटा शुभ चिन्तकको नाताले सुझाव सम्म दिन सकिन्छ अरु त अब वहाँको जो विचार
— RegmiMP (@MadhavRegmi) March 17, 2023
ट्विटरलाई हाम्रो कानुनले चिन्दैन । बिघ्याको आफ्नो छुट्टै ह्याण्डल रैनछ। नाम पनि नेपालको राष्ट्रपति नभएर बिघ्याकै रैछ। युजर नेममा मात्र PresidentofNP रैछ। बिघ्याले लगेको भन्दापनि राष्ट्रपति कार्यालयले आफ्नो छुट्टै ट्विटर नबनाएको रैछ। अब छुट्टै बनाए समाधान होला
— डा. पी. शर्मा (पिएचडी) (@drpkNP) March 17, 2023
खिचडी बनाइ हालेछन्। @PresidentofNP लाई @biddyabhandari मा रुपान्तरित गरेछन्!! https://t.co/LXdn4lEKkI
— Subhash Adhikary (@subry2000) March 16, 2023
पछिल्लो अध्यावधिक: चैत ३, २०७९ १९:२२
