close

अब इन्स्टाग्रामको सर्च रिजल्टमै विज्ञापन देखिने

टेकपाना टेकपाना

चैत ८, २०७९ १५:४९

अब इन्स्टाग्रामको सर्च रिजल्टमै विज्ञापन देखिने

काठमाडौं । मेटाले इन्स्टाग्राममा नयाँ सुविधा थप्न लागेकाे छ । यसअन्तर्गत इन्स्टाग्राममा कुनै कुरा खाेज्दा सर्च रिजल्टमा विज्ञापन देखिने छ ।

उदाहरणका लागि तपाईँले सर्चबक्समा गएर 'मेकअप' टाइप गर्नुभयो भने तपाईँले खोज्नुभएको सामग्रीभन्दा अगाडि 'स्पोन्सर्ड एड' अर्थात् पैसा तिरिएको सामग्री अगाडि आउनेछ ।

स्पोन्सर्ड विज्ञापन सकिएपछि मात्र तपाईँले खोज्नुभएको सामग्री आउनेछ । हाल कम्पनीले यसको परीक्षण गरिरहेको छ ।

अबको केही महिनामा नै विश्वभर यो फिचर एकैपटक सार्वजनिक हुने कम्पनीको तयारी छ । साथै कम्पनीले केही निश्चित ब्राण्डहरूसँग मिलेर भविष्यमा हुने कार्यक्रमको नोटिफिकेसन प्रयोगकर्तालाई दिने फिचरका लागि पनि काम गरिरहेको छ ।

यसअन्तर्गत इन्स्टाग्रामले कार्यक्रम हुनु पहिले १५ मिनेट अगाडि र कार्यक्रम सुरु भइसकेपछि यस्तो नोटिफिकेसन पठाउनेछ । यसरी आउने नोटिफिकेसन लकस्क्रिनमा नै देखापर्ने जनाइएकाे छ । 

पछिल्लो अध्यावधिक: चैत ८, २०७९ १६:३१