close

विद्युतीय स्कुटरमार्फत राइड शेयरिङ सेवा सुरु गर्दै सुन्दर यातायात

टेकपाना टेकपाना

चैत ११, २०७९ १२:४७

विद्युतीय स्कुटरमार्फत राइड शेयरिङ सेवा सुरु गर्दै सुन्दर यातायात

काठमाडौं । सुन्दर यातायात प्रालिले पनि राइड शेयरिङ सेवा सुरु गर्ने भएको छ । कम्पनीले विद्युतीय स्कुटरमार्फत राइड शेयरिङ सेवा दिने तयारी थालेको हो ।

कम्पनीका अध्यक्ष भेषबहादुर थापाले आउँदो वैशाखदेखि यस्तो सेवा सञ्चालनमा ल्याइने जानकारी दिए । उनका अनुसार तीन चरणमा १०० ओटा स्कुटरमार्फत राइड शेयरिङ सेवा सुरु गरिनेछ ।

कुल स्कुटरमध्ये ५० ओटा स्कुटर कम्पनी आफैंले मोडिफाई (रुपान्तरण) गरेको उनकाे भनाइ छ । ''राइड शेयरिङ सेवाका लागि हाल कम्पनीले १० ओटा स्कुटरमार्फत परीक्षण गरिरहेको छ,'' उनले भने, ''इच्छुक राइडरले कम्पनीमा सम्पर्क गर्दा कम्पनीले नै राइडरलाई स्कुटर उपलब्ध गराएर राइड शेयरिङ सेवामा संलग्न गराउने योजना ल्याएका छौँ ।''

राइड शेयरिङ सेवाका लागि 'सुन्दर एप' सार्वजनिक गरिने र सोही एपमार्फत यात्रु र राइडरले सेवा लिन र दिनसक्ने उनले जानकारी दिए । राइडर बन्न चाहने व्यक्तिले सुन्दर यातायातकाे कार्यालयमा सम्पर्क गर्न उनले अनुराेध गरे ।

पछिल्लो अध्यावधिक: चैत ११, २०७९ १२:४७