close

अब एयरपड्सको चार्जिङ केसमा पनि टाइप-सी पोर्ट

टेकपाना टेकपाना

चैत ११, २०७९ १५:४७

अब एयरपड्सको चार्जिङ केसमा पनि टाइप-सी पोर्ट

काठमाडौं । एप्पलले यूएसबी-सी चार्जिङ केस सहितको एयरपड्स ल्याउने तयारी गरेको छ । एप्पल समीक्षक मिङ चि कुओका अनुसार कम्पनीले यूएसबी-सी चार्जिङ पोर्ट सहितको एयरपड्स प्रो टुमा काम गरिरहेकाे छ ।

कम्पनीले यो फिचर प्रो टुमा मात्र उपलब्ध गराउन लागेको कुओले उल्लेख गरेका छन् । यसकारण फरक चार्जिङ पोर्ट भएकै कारण यो एयरपड्स महँगो हुनसक्ने छ ।

कम्पनीले एयरपड्ससँगै यूएसबी-सी चार्जिङ केस पनि उपलब्ध गराउँछ कि यसका लागि फरक केस खरिद गर्नुपर्ने हुन्छ भन्ने विषयमा भने केही जानकारी आइसकेको छैन ।

कम्पनीले सामान्य बिक्री हुने एयरपड्समा लाइटेनिङ पोर्ट नै राखेर यूएसबी-सी पोर्टको केस छुट्टै बिक्री गर्ने सम्भावना धेरै रहेको कुओको भनाइ छ । यद्यपि आफ्ना डिभाइसमा टाइप-सी पोर्ट चार्जिङ उपलब्ध गराउने क्रमलाई एप्पलले अगाडि बढाइरहेको छ ।

यसको मूल्य २४९ डलर पर्नसक्ने अनुमान छ । जब कि लाइटेनिङ पोर्ट भएको एयरपड्स प्रो टुको मूल्य १९९.९९ डलर तोकिएको थियो ।

साथै यसमा क्यूआई वायरलेस चार्जिङ सपोर्ट पनि हुने बताइएको छ । कम्पनीले आउँदो जुन-जुलाईतिर यो एयरपड्स सार्वजनिक गर्ने अनुमान गरिएको छ । 
 

पछिल्लो अध्यावधिक: चैत ११, २०७९ १५:४७