close

मोबाइल वा कम्प्युटरको स्क्रिन सफा गर्दा ध्यान दिनुहोस् यस्ता कुरा

टेकपाना टेकपाना

चैत १२, २०७९ ९:१२

मोबाइल वा कम्प्युटरको स्क्रिन सफा गर्दा ध्यान दिनुहोस् यस्ता कुरा

काठमाडौं । डिस्प्ले प्रविधि हाम्रो दैनिकी बनेको छ । घर देखि कार्यालयसम्म हामी डिस्प्लेसँग नजिक नै हुने गरेका छौँ । स्वाभाविक नै हो यी डिस्प्लेहरू लामो समयसम्म प्रयोग गर्दै जाँदा फोहोर हुने धुलो जम्मा हुने गर्छन् ।

चाहे त्यो मोबाइलको डिस्प्ले होस् वा कुनै डेस्कटप वा टिभीको डिस्प्ले, समय-समयमा सफा गर्नु आवश्यक हुन्छ । सामान्यतः हामीले स्क्रिन सफा गर्ने बेला कुनै कपडा पुछ्ने, हातले पुछ्ने अथवा कोलिन लगायतका विभिन्न ब्रान्डका स्प्रेहरू प्रयोग गर्ने गरिन्छ ।

यस लेखमा तपाईँले प्रयोग गर्ने कुनै पनि स्क्रिनलाई सफा गर्दा ध्यान दिनुपर्ने कुराहरू उल्लेख गरिएको छ ।

स्क्रिन सफा गर्दा के गर्नु हुँदैन ?
मोबाइल, कम्प्युटर, टिभी लगायत कुनै पनि स्क्रिन सफा गर्दा ध्यान दिनुपर्ने केही कुराहरू छन् जसलाई हामीले कहिले पनि गर्नुहुन्न । सबैभन्दा पहिलो कुरा अल्कोहल प्रयोग भएको स्क्रिन स्प्रेहरू प्रयोग गरेर स्क्रिन सफा गर्नु हुँदैन । 
अल्कोहल अथवा अमोनिया भएको क्लिनर वा सफा गर्ने स्प्रेहरूले स्क्रिनको एन्टि-रिफ्लेक्टिभ कोटिङलाई क्षति पुर्‍याउन सक्छ । यसले गर्दा स्क्रिनमा भएको कोटिङलाई पातलो बनाउने काम गर्नसक्छ । यसको सट्टा डिस्टिल्ड वाटर प्रयोग गर्न सकिन्छ ।

बजारमा डिस्टिल्ड वाटर सहजै पाउन सकिन्छ । अथवा यसको सट्टा घरमा प्रयोग हुने सामान्य पानी पनि प्रयोग गरेर स्क्रिन सफा गर्न सकिन्छ । तर यसमा पनि उत्तिकै जोखिम हुन्छ । 

किनभने कुन क्षेत्रको पानीको स्तर कस्तो छ भन्ने विषयमा खास जानकारी हुँदैन । त्यसैगरी स्क्रिन पुछ्ने कुराको विषयमा पनि ध्यान दिनु जरुरी छ । तपाईँले आफ्नो स्क्रिन सफा गर्दा पेपर टवेल, भाडाँ पुछ्ने कपडा अथवा अन्य कुनै कडा कागजहरू प्रयोग गर्नु हुँदैन । 

यसको सट्टा कुनै माइक्रोफाइबर कपडाहरू प्रयोग गर्न सकिन्छ जसलाई बजारमा पनि खरिद गर्न सकिन्छ ।

स्क्रिन सफा गर्दा के गर्नुपर्छ ?
स्क्रिन सफा गर्नको लागि सबैभन्दा सहज र प्रभावकारी काम भनेको कम्प्रेस्ड एयर डस्टर अथवा एयर ब्लोअर प्रयोग गर्नु हो । यसले सहज तरिकाले धुलो सफा गर्न मद्दत गर्छ । अथवा सुख्खा माइक्रोफाइबर कपडाले कुने पनि तरल पदार्थ प्रयोग नगरी स्क्रिन सफा गर्न सकिन्छ । अथवा डिस्टिल्ट वाटरमा भिजाएर पनि माइक्रोफाइबर कपडा प्रयोग गर्न सकिन्छ । सुरुमा भिजेको भागले पुछेर पछि सुख्खा भागले विस्तारै स्क्रिन सफा गर्नुपर्छ । 
 
   

पछिल्लो अध्यावधिक: चैत १२, २०७९ ९:१२