close

टिकटकमाथि फ्रान्स सरकारको प्रतिबन्ध, नेटफ्लिक्स र ट्वीटरको विषयमा छलफल हुँदै

टेकपाना टेकपाना

चैत १२, २०७९ ८:२७

टिकटकमाथि फ्रान्स सरकारको प्रतिबन्ध, नेटफ्लिक्स र ट्वीटरको विषयमा छलफल हुँदै

काठमाडौं । पछिल्लो समयमा विभिन्न देशहरूले आफ्नो सरकारी डिभाइसमा टिकटकमाथि प्रतिबन्ध लगाउने क्रम जारी छ । यही सूचीमा फ्रान्स पनि थपिएको छ । 

फ्रान्सेली सरकारले पनि सरकारी डिभाइसहरूमा टिकटक प्रतिबन्ध गरकेो छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार कम्पनीले टिकटक मात्र नभइ अन्य मनोरञ्जनका एपहरू लगायत ट्वीटरलाई पनि सरकारी डिभाइसमा प्रतिबन्ध गर्ने योजना बनाइरहेको छ ।

फ्रन्सको सरकारले टिकटकसँगै ट्वीटर, नेटफ्लिक्स, क्यान्डी क्रस लगायतका एपहरूमा माथि पनि प्रतिबन्ध लगाउने योजना बनाएको हो । 

यस्ता एपहरूले साइबर सुरक्षाको जोखिम बढाएको बन्दै सरकारले प्रतिबन्ध लगाउने योजना बनाएको हो । यस्ता एपको प्रयोगले सरकारी कर्मचारी र प्रशासन दुवैको डेटा सुरक्षामा जोखिम थपेको फ्रान्सेली सरकारको बुझाइ छ ।  

यसअघि अमेरिका, क्यानडा, युरोपेली आयोग र बेलायतले पनि आफ्ना सरकारी कर्मचारीको डिभाइसमा टिकटकमाथि प्रतिबन्ध लगाएपछि यो अभियान कै रुपमा अहिले अगाडि बढिरहेको छ । 

टिकटकमार्फत चिनियाँ सरकारले अन्य देशको डेटा चोरी गरिरहेको आरोप कम्पनीमाथि लगाइएको छ । टिकटकले भने बारम्बार चिनियाँ सरकारसँग सहकार्य गरेको कुरा अस्वीकार गर्दै आएको छ । 

पछिल्लो अध्यावधिक: चैत १२, २०७९ ८:२७