close

‘अनर एक्स फाइभ’ स्मार्टफोन गिभअवे गर्दै टेकपाना, यसरी हुनुहोस् सहभागी

टेकपाना टेकपाना

चैत २०, २०७९ १६:१९

‘अनर एक्स फाइभ’ स्मार्टफोन गिभअवे गर्दै टेकपाना, यसरी हुनुहोस् सहभागी

काठमाडौं । नयाँ वर्ष उल्लासपूर्ण हुनुपर्छ । यो उत्सव हो । नेपाली नयाँ वर्ष २०८० हाम्रो सँघारमा छ । टेकपानाले नयाँ वर्षको उपलक्ष्यमा अनरको एक्स फाइभ फोन एक जनालाई उपहार स्वरुप गिभअवे गर्दैछ । तपाईं यस गिभअवेमा सहभागी भई उपहार पाउन सक्नुहुनेछ । 

कस्तो फोन हो यो ?

अनरको एक्स फाइभ ‘लो बजेट’ अर्थात् सस्ताे मूल्यमा पाइने फाेन हाे । यस फोनको पछाडिको भाग प्लास्टिकबाट बनेको छ । फोनमा ८ मेगापिक्सेल रेजाेलुसनको मुख्य र ५ मेगापिक्सेलको सेल्फी क्यामेरा छ ।

जम्मा १९२ ग्राम तौल भएको यस फोन मिडनाइट ब्ल्याक, सनराइज ओरेन्ज र ओसियन ब्लु गरी तीन प्रकारको रङ्गमा उपलब्ध छ । यसमा ६.५ इन्चको ‘फुल भ्यू डिस्प्ले’ सहित एचडी प्लसको स्क्रिन छ । यसको डिस्प्ले टीएफटी एलसीडी (TFT LCD) हो । 

त्यस्तै ५,००० एमएएचको ब्याट्री भएको यस फोनबाट रिभर्स चार्जिङसमेत गर्न मिल्छ । तर यसमा चार्जिङ पोर्ट भने माइक्रो यूएसबी दिइएको छ ।

फोनमा २ जीबी र्‍याम र ३२ जीबी स्टोरेज रहेको छ । ​स्टोरेज ३२ जीबी भएपनि फोनमा माइक्रो एसडी कार्डमार्फत १ टीबीसम्मको स्टोरेज बढाउन सकिन्छ ।

त्यस्तै फोनमा मेडियाटेक हेलियो जी२५ चिपसेटको प्रयोग गरिएको छ । एन्ड्रोइड १२ मा आधारित फाेनको बजार मूल्य ११ हजार ९९० रुपैँया रहेको छ । 

विजेता कसरी छानिन्छ ?

हामीले यस फोनको रिभ्यु भिडिओ टेकपानाको युट्युब च्यानलमा पोष्ट गरेका छौँ । यस गिभअवेमा सहभागी हुन तपाईंले सो भिडिओको कमेन्ट बक्समा केही लेख्नुपर्ने छ ।

हामी यो वर्षको अन्तिम दिन अर्थात् चैत ३० गते ‘कमेन्ट पिकर’ सफ्टवेयरमार्फत एक भाग्यशाली विजेता छान्नेछौँ ।

पछिल्लो अध्यावधिक: चैत २०, २०७९ १६:३९