close

ई-सेवाको लगइनमा समस्या, भुक्तानी प्रभावित

टेकपाना टेकपाना

चैत २१, २०७९ १०:४९

ई-सेवाको लगइनमा समस्या, भुक्तानी प्रभावित

काठमाडौं । मंगलबार बिहान डिजिटल वालेट एप 'ई-सेवा'मा लगइन समस्या देखिएको छ । एप खोल्दा अकाउन्ट एकाएक लगआउट भएपछि पासवर्ड राखेर लगइन गर्न खोज्दा लगइन हुन सकिरहेको छैन ।

यदि केही गरि लगइन भइहालेमा एपले राम्रोसँग काम गर्न सकेको छैन । 

यसबारे कम्पनीले नोटिफिकेसन पुश (प्रयोगकर्तालाई नोटिफिकेसन पठाउने कार्य) गर्न खोज्दा यस्तो समस्या आएको बताएको छ । के समस्याका कारण यस्तो भएको हो भन्ने विषयमा कम्पनीले हेरिरहेको र समस्यालाई तत्कालै समाधान गरेर सेवा सुचारु गर्ने प्रयास भइरहेको कम्पनीले जनाएको छ । 

 

पछिल्लो अध्यावधिक: चैत २१, २०७९ १०:४९