close

पब्जी गेमको दक्षिण एसियाली प्रतिस्पर्धामा आजदेखि अन्तिम साताका खेल हुँदै, यस्तो छ नेपाली टिमको स्थान

टेकपाना टेकपाना

चैत २१, २०७९ १३:१३

पब्जी गेमको दक्षिण एसियाली प्रतिस्पर्धामा आजदेखि अन्तिम साताका खेल हुँदै, यस्तो छ नेपाली टिमको स्थान

काठमाडौं । पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) साउथ एसिया स्प्रिङ २०२३ को लिग चरणअन्तर्गत तेस्रो साताका खेल आजदेखि सुरु हुँदैछन् ।

आइतबार दोस्रो साताको खेल सकिँदासम्म मङ्गोलियाको टिम ‘फोरमेरिकल भाइब्स’ २९५ एलिमिनेसन पोइन्ट र ९ चिकेन डिनरसहित कूल ४५५ पोइन्ट ल्याएर अङ्क तालिकाको शीर्ष स्थानमा छ ।

त्यस्तै मङ्गोलियाकै अर्को टिम ‘स्टलवार्ट ई-स्पोर्ट्स’ तीन चिकेन डिनर र २७० एलिमिनेसन पोइन्टसहित कूल ३९६ पोइन्ट ल्याएर अङ्क तालिकाको दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिपमा उपविजेता बन्न सफल नेपाली टिम ‘डीआरएस गेमिङ’ २९७ पोइन्ट ल्याएर अङ्क तालिकाको तेस्रो स्थानमा छ ।

१० नेपाली टिम सहभागी यो प्रतियोगितामा ‘ट्रेन टु किल (टीटूके)’ पाँचौं, ‘लियो ई-स्पोर्ट्स’ छैटौँ र ‘स्काइलाइट गेमिङ’ सातौँ स्थानमा छन् । यी तीन टिमबीच एक पोइन्टको मात्र अन्तर रहेको छ ।

यसैगरी ‘हाइ भोल्टेज ई-स्पोर्ट्स’, ‘इलुमिनेट क्रु’ र ‘डेडआइज गाइज’ क्रमश: आठौँ, नवौँ र १२ औैँ स्थानमा रहेका छन् । बाँकी तीन नेपाली टिम ‘एब्रप्ट स्लेयर’, ‘रअ अफिसियलस’ र ‘इलिमेन्ट्रिक्स ई-स्पोर्ट्स’ ले भने २०० पोइन्टको आँकडा पनि छुन सकेका छैनन् ।

तेस्रो साताको खेल अप्रिल ९ मा सकिँदै छ । तेस्रो साताको खेल सकिँदा अङ्क तालिकामा शीर्ष १६ भित्र पर्ने टिमले यो प्रतियोगिताको फाइनल चरणमा आफ्नो स्थान पक्का गर्नेछन् । बाँकी चार टिम भने प्रतियोगिताबाट बाहिरिने छन् । फाइनलका खेल १४ अप्रिलदेखि १६ अप्रिलसम्म हुनेछ ।

पछिल्लो अध्यावधिक: चैत २१, २०७९ १४:२