close

मेसेन्जरमा अब भिडिओ कल गर्दै गेम खेल्न सकिने

टेकपाना टेकपाना

चैत २२, २०७९ ८:३०

मेसेन्जरमा अब भिडिओ कल गर्दै गेम खेल्न सकिने

काठमाडौं । फेसबुकले आफ्ना प्रयोगकर्ताका लागि नयाँ फिचर ल्याएको छ । अब मेसेन्जर प्रयोगकर्ताले भिडिओ कलका दौरान विभिन्न प्रकारका भिडिओ गेम सँगै खेल्न पाउने भएका छन् । 

यो फिचर आईओएस, एन्ड्रोइड र वेबमा उपलब्ध गराइएको  छ । हाल यसमा १४ ओटा विभिन्न गेमहरू समावेश गरिएको छ । आउने दिनमा गेमको संख्या बढ्न सक्ने बताइएको छ । 

यसमा वर्ड्स विथ फ्रेन्ड्स, मिनि गल्फ, कार्ड वार्स, एक्स्प्लोडिङ किटन्स लगायतका गेमहरू छन् । यो फिचर दुई वा सोभन्दा माथि धेरै संख्याको ग्रुपकलमा पनि प्रयोग गर्न सकिनेछ । 

यो फिचर प्रयोग गर्नको लागि आफूले गेम खेल्न चाहेको व्यक्ति वा समूहसँग भिडिओ कल सुरु गर्नुहोस् । यसपछि तपाईँले स्क्रिनको विचमा 'ग्रुप मोड' देख्नुहुनेछ । सो अप्सनमा क्लिक गर्नुहोस्  र प्ले आईकनमा क्लिक गर्नुहोस् । 

यसपछि उपलब्ध गेमका अप्सन देख्न सक्नुहुनेछ । अनि आफूले चाहेको गेममा क्लिक गर्नुहोस् र आफ्नो साथीहरूसँग भिडिओ कल गर्दै गेम खेल्न सक्नुहुनेछ ।   

पछिल्लो अध्यावधिक: चैत २२, २०७९ ८:३१