भू-कम्प र बाढी पहिरोबाट हुने जनधनको नोक्सानी कम गर्न पूर्व सतर्कता प्रणाली प्रयोग गरिने
चैत २३, २०७९ १८:४८
काठमाडौं । सरकारले भू-कम्प, बाढी पहिरोजस्ता विपदबाट हुने जनधनको नोक्सानी कम गर्न डिजिटल प्रविधिमा आधारित पूर्व सतर्कता प्रणाली विकास गर्ने भएको छ ।
बिहीबार सार्वजनिक भएकाे सरकारको साझा न्यूनतम कार्यक्रममा यस्तो योजना अघि सारिएको छ ।
''भूकम्प, बाढी पहिरा, डबान, भूक्षय तथा आगलागी जस्ता विपदबाट हुने जनधनको नोक्सानी कम गर्नका लागि डिजिटल प्रविधीमा आधारित पूर्व सर्तकता प्रणाली विकास गर्ने, आवश्यकतानुसार वस्ती स्थानान्तरण गर्ने र एकीकृत वस्ती निर्माण सुरु गर्ने'' साझा न्यूनतम कार्यक्रममा भनिएको छ ।
पछिल्लो अध्यावधिक: चैत २३, २०७९ १८:४९
