close

सामाजिक सञ्जालमार्फत हुने विज्ञापनलाई करको दायरामा ल्याइने

टेकपाना टेकपाना

चैत २३, २०७९ १९:१५

सामाजिक सञ्जालमार्फत हुने विज्ञापनलाई करको दायरामा ल्याइने

काठमाडौं । सरकारले  सामाजिक सञ्जालमार्फत हुने विज्ञापनलाई करको दायरामा ल्याउने भएको छ ।

बिहीबार सत्ता गठबन्धनको तर्फबाट न्यूनतम साझा कार्यक्रम प्रस्तुत गर्दै सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यस्तो बताएकी  हुन् ।

"विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउनका लागि विज्ञापनदाताले सञ्चारगृहको बिल अनुसार भुक्तानी गर्ने व्यवस्था गरी विज्ञापन एजेन्सीले पाउने कमिसनलाई पारदर्शी बनाउने । सामाजिक सञ्जालमार्फत गरिने विज्ञापनलाई करको दायरामा ल्याउने," मन्त्री शर्माले प्रस्तुत गरेकाे उक्त न्यूनतम साझा कार्यक्रममा भनिएकाे छ ।
 

पछिल्लो अध्यावधिक: चैत २३, २०७९ १९:१५