close

एसईई दिएका विद्यार्थीलाई एनसेलको ‘सही यो सिम’, टिकटक र इन्स्टाग्राम चलाउन २ जीबी डेटा

टेकपाना टेकपाना

चैत २४, २०७९ १२:३०

एसईई दिएका विद्यार्थीलाई एनसेलको ‘सही यो सिम’, टिकटक र इन्स्टाग्राम चलाउन २ जीबी डेटा

काठमाडौं । मोबाइल सेवाप्रदायक एनसेल आजियाटाले ‘सही यो प्लान’ अन्तर्गत ९९ रुपैयाँमा सिम वितरण गरिरहेको छ । यो सिम खरिदमा प्रयोगकर्ताले एक महिनासम्म निःशुल्क इन्स्टाग्राम प्रयोग गर्न सक्नेछन् ।

यो सिममा ग्राहकले १० रुपैयाँ  मेन ब्यालेन्स, १०० एमबी डेटा तथा १० मिनेट भ्वाइस कल र १० ओटासम्म एसएमएस (एनसेल नेटवर्कभित्र) निःशुल्क प्रयोग गर्न पाउँछन् ।

यसैबीच कम्पनीले यो प्लानमा एसईई अफर पनि प्रदान गर्ने भएको छ । यसअन्तर्गत प्रयोगकर्ताले २८ दिनका लागि २ जीबी डेटा पाउनेछन्, जसमा इन्स्टाग्रामसहित टिकटक चलाउन सकिने छ । यो अफर ४ जुलाई, २०२३ सम्म चल्ने कम्पनीले जनाएको छ ।

त्यस्तै यो सिममा पहिलो रिचार्ज गर्दा १० प्रतिशत बोनस पनि पाइने बताइएको छ ।

पछिल्लो अध्यावधिक: चैत २४, २०७९ १२:५४