close

कतै तपाईँको कम्प्युटर ह्याक त भएको छैन ? यस्ता हुन सक्छन् संकेत

टेकपाना टेकपाना

चैत २५, २०७९ १८:४५

कतै तपाईँको कम्प्युटर ह्याक त भएको छैन ? यस्ता हुन सक्छन् संकेत

काठमाडौं । सामान्य भाषामा बुझ्दा अनधिकृत रुपमा कसैको कम्प्युटरमा पहुँच बनाएर त्यहाँ भएको प्रणालीलाई बिगार्ने कामलाई कम्प्युटर ह्याकिङको रुपमा बुझिन्छ ।

यसरी ह्याकरले कम्प्युटर ह्याकिङ गरेर कम्प्युटर प्रणालीलाई अवरुद्ध गर्ने, डेटाको स्वरूप परिवर्तन गर्ने, डेटा नष्ट गर्ने, डेटा चोरी गरेर विक्री गर्ने लगायतका कार्यहरू गर्न सक्दछ ।

कम्प्युटर ह्याकिङ भएको थाहा पाउन आफ्नो कम्प्युटरमा भइरहेको विभिन्न गतिविधिलाई ख्याल गर्नुपर्ने हुन्छ ।​ निम्न संकेत देखिएमा आफ्नो कम्प्युटर ह्याक भएको थाहा पाई तत्काल कदम चाल्न सकिन्छ:
 
१. कम्प्युटरमा कम्प्युटर धनीको जानकारी बिना प्रोग्रामहरू इन्स्टल भएको देखिएमा साथै, कम्प्युटर अन गर्ने वित्तिकै प्रोग्रामहरू स्वतः सञ्चालन हुने र इन्टरनेटसँग कनेक्ट गर्न खोज्नु, 

२. असामान्य रूपमा कम्प्युटरको पर्फमेन्स कम हुँदै जानु, सीपीयू, र्‍यामको युसेज बढ्नु तथा कम्प्युटर बेला बेलामा ह्याङ भएर स्वतः बन्द हुनु । 

३. अनावश्यक रूपमा वेवसाइटहरूमा रिडाइरेक्ट/भिजिट हुनु, विभिन्न सफ्टवेयर आफैँ डाउनलोड हुनु र बारम्बार विभिन्न पपअप विन्डो आइरहनु 

४. कम्प्युटर धनीको इमेल खाताबाट वा सामाजिक सञ्जाल खाताबाट कम्प्युटर धनीको जानकारी बिना धेरै इमेल वा मेसेज पठाइनु 

५. कम्प्युटर धनीको जानकारी /अनुमति बिना इन्टरनेट ब्राउजरको होम पेज परिवर्तन हुनु 

६. विन्डोज फायरवाल, एन्टिभाइरस, टास्क म्यानेजरवा रजिष्ट्रि इडिटर स्वत: डिसेबल हुनु् 

७. आफ्नो पासवर्डले काम नगर्नु 

८. आफ्नो पासवर्ड कुनै सार्वजनिक डोमेनमा उपलब्ध हुनु 

९. अस्वाभाविक रूपमा धेरै इन्टरनेट ब्यान्डविथ खपत हुनु वा इन्टरनेट धेरै स्लो हुनु 

१०. “You've been hacked" जस्ता अस्वभाविक मेसेजहरू प्राप्त गर्नु 

११. आफ्नो ईमेल आदिमा फिरौती रकम माग गरी (Ransomware) ईमेल वा मेसेज प्राप्त गर्नु 

१२. ब्राउजरमा अनावश्यक टुलबारहरू देखा पर्नु । 

पछिल्लो अध्यावधिक: चैत २५, २०७९ १८:४५