close

वायरलेस चार्जिङले कसरी गर्छ काम ?

टेकपाना टेकपाना

चैत २६, २०७९ १४:२७

वायरलेस चार्जिङले कसरी गर्छ काम ?

काठमाडौं । फ्ल्यागशिप स्मार्टफोनमा लगानी गर्ने धेरैजसो प्रयोगकर्ताले सकेसम्म वायरलेस चार्जिङलाई समेत प्राथमिकतामा राख्न थालेका छन् । हुन त कतिपय व्यक्तिहरू यस किसिमको सुविधाका बाबजुद त्यसलाई अपनाउन हिचकिचाइरहेका हुन्छन् । आज हामी तपाईँलाई यो प्रविधिले कसरी काम गर्छ र स्मार्टफोन ब्याट्रीको स्वास्थ्यका लागि के यो उपयुक्त छ भन्ने विषयमा चर्चा गर्दै छौँ । 

के हो वायरलेस चार्जिङ ? 

वायरलेस चार्जिङलाई इन्डक्टिभ चार्जिङको रुपमा समेत चिन्ने गरिन्छ । यसले दुई वस्तुहरूबीच ऊर्जा ट्रान्सफर अर्थात स्थानान्तरण गर्ने इलेक्ट्रोम्याग्नेटिक वेब बनाएर उपकरणहरूलाई चार्ज गर्न इलेक्ट्रोम्याग्नेटिज्म प्रयोग गर्दछ । वायरलेस चार्जिङका लागि डिभाइसलाई भौतिक रुपमा सोझै चार्ज गर्ने स्रोतसँग कनेक्ट गर्नुपर्ने आवश्यकता पर्दैन । 

वायरलेस चार्जिङले यसरी काम गर्छ

आधुनिक स्मार्टफोन वायरलेस माध्यमबाट चार्ज भइरहँदाको समयमा चार्जरसँग स्मार्टफोनमा विद्युतीय ऊर्जा स्थानान्तरण गर्नका लागि इलेक्ट्रोम्याग्नेटिक इन्डक्सन प्रयोग हुन्छ । यो प्रविधि प्रयोग गर्नका लागि तपाईंलाई वायरलेस चार्जिङका साथै कम्प्याटिबल वायरलेस चार्ज सपोर्ट गर्ने स्मार्टफोन समेत आवश्यक पर्छ । जब तपाईं वायरलेस चार्जिङ कम्प्याटिबल स्मार्टफोनलाई वायरलेस चार्जरमाथि राख्नु हुन्छ, त्यसपछि तीव्र गतिमा परिवर्तन भएको म्याग्नेटिक फिल्ड स्मार्टफोनभित्र रहेको तामाको क्वाइलसँग अन्तरक्रिया गर्छ ।  त्यसक्रममा म्याग्नेटिक फिल्डले बन्द घेरामा विद्युतीय ऊर्जा छोड्छ, जसलाई इलेक्ट्रोम्याग्नेटिक इन्डक्सन प्रयोग गरी उक्त म्याग्नेटिक फिल्डसँग अन्तरक्रिया गर्छ । जब इलेक्ट्रिक करेन्ट रिलिज हुन्छ, तब तपाईंको स्मार्टफोन चार्ज हुन्छ । 

वायरलेस चार्जिङको अवगुण

वायरलेस चार्जिङ क्विक चार्जिङ, फास्ट चार्जिङ अथवा लाइटनिङ चार्जिङ जस्ता विद्यमान चार्जिङको तुलनामा सुस्त हुन सक्छ । वायरलेस चार्जिङले निकै धेरै ताप छोड्न सक्छ र सम्भावित रूपबाट डिभाइसको आयु कम गर्न सक्छ अथवा ब्याट्री बिस्फोट समेत गराउन सक्छ । वायरलेस चार्जिङका लागि चार्ज गर्न लागिएको उपकरणलाई निश्चित स्थान (पावरम्याप वा डक) मा राख्नुपर्ने हुन्छ । अन्यथा फोन चार्ज हुँदैन । आफ्नो फोनलाई रातभर चार्जमा राखेर छोड्दा बिहानसम्म त्यसको ब्याट्री बिग्रिन सक्छ । 

पछिल्लो अध्यावधिक: चैत २६, २०७९ १४:२७