close

आइएमई पे प्रयोगकर्तालाई गोल्डस्टार जुत्ता किन्दा १५ प्रतिशत छुट

टेकपाना टेकपाना

चैत २७, २०७९ १९:२६

आइएमई पे प्रयोगकर्तालाई गोल्डस्टार जुत्ता किन्दा १५ प्रतिशत छुट

काठमाडौं । भुक्तानी सेवाप्रदायक आइएमई पेले गोल्डस्टार शुज सँग सहकार्य गरी नयाँ वर्षको २०८० को अवसर पारी अफर ल्याएको छ ।

यसअन्तर्गत गोल्डस्टार शुजको आधिकारिक शोरुमहरुबाट कुनै पनि जुत्ता खरिदमा आइएमई पेमार्फत क्यूआर स्क्यान गरी भुक्तानी गर्दा १५ प्रतिशत छुट प्राप्त गर्न सकिने छ ।

सोमबारदेखि सुरु भएको यो अफर आउँदो वैशाख ५ सम्म चल्नेछ ।

डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आइएमई पे’ (वालेट एप) बाट सेवाग्राही आफैंले अथवा एजेन्टमार्फत विभिन्न किसिमको भुक्तानी कार्य गर्न सक्नेछन । 

पछिल्लो अध्यावधिक: चैत २७, २०७९ १९:२६