काठमाडौं । नेपाली बजारमा औपचारिक रुपमा नथिङ फोन भित्रिएको छ । वनप्लसका सहसंस्थापक कार्ल पेईको स्टार्टअप कम्पनी ‘नथिङ’ले गत वर्ष आफ्नो पहिलो स्मार्टफोन ‘नथिङ फोन वन’ सार्वजनिक गरेको थियो । कम्पनी हाल ‘नथिङ फोन टु’ ल्याउने तयारीमा छ ।
नेपाली बजारमा टेक स्टुडियोले आधिकारिक वितरकका रुपमा नथिङ फोन ल्याएको हो । ईकमर्स प्लेटफर्म दराज मार्केटप्लेसमार्फत ग्राहकले नथिङ फोन किन्न सक्नेछन् ।
यसअनुसार २०७९ चैत २८ गतेदेखि २०८० वैशाख ९ गतेसम्म दराजमार्फत नथिङ फोन किन्दा रु. १० हजारकाे भाउचर, ब्रेकेज बीमा, एक वर्षको वारेन्टी र शून्य प्रतिशत ईएमआईको सुविधा पाइनेछ ।
ग्राहकले पाउने १० हजारको भाउजर दराजबाट अन्य सामान किन्दा प्रयोग गर्न सकिनेछ ।
''स्लिक डिजाइन, शक्तिशाली प्रोसेसर र उन्नत क्यामरा प्रणालीको साथ प्रिमियम स्मार्टफोन अनुभव खोज्ने प्राविधिक ज्ञान भएका व्यक्तिहरूका लागि नथिङ फाेन उत्तम विकल्प हो,'' कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।''
यो फोन दराजबाट ७१ हजार ९९९ रुपैयाँमा किन्न सकिनेछ । अन्य विशेषताभन्दा पनि नथिङ फाेन पारदर्शी ब्याक कभरले बढी चर्चित छ ।
यसको पारदर्शी ब्याक कभरमा कम्पनीले विभिन्न डिजाइनका लाइट समावेश गरेको छ । यस्ताे लाइट फोन चार्ज हुँदा, नोटिफिकेसन आउँदा बल्ने गर्छ । साथै स्न्यापड्रागन ७७८जी प्लस फाइभजी चिपसेटद्वारा सञ्चालित फोनमा १२ जीबी र्याम र २५६ जीबी इन्टर्नल स्टोरेज छ ।