काठमाडौं । फोन पेले नयाँ वर्ष २०८० सालको अवसरमा ‘फोनपे गर्ने हो, क्यूआरमा उपहार जित्ने हो’ योजना ल्याएको छ । यस योजना अन्तर्गत एक तोला सुन र स्कुटर जित्न सकिने कम्पनीले जनाएको छ ।
२९ चैतदेखि ५ वैशाख २०८० सम्म यो योजना सञ्चालन हुनेछ । बैंकिङ एप वा वालेटबाट फोनपेको क्यूआर प्रणाली प्रयोग गरी भुक्तानी गर्ने ग्राहकहरूले ‘लक्की ड्र’मार्फत इप्लुटो ब्रान्डको विद्युतीय स्कुटर र भुक्तानी प्राप्त गर्ने व्यवसायीले ‘लक्की ड्र’मार्फत १ तोला सुन जित्नसक्ने कम्पनीले जनाएको छ ।
नेपालमा डिजिटल भुक्तानी प्रवर्द्धन गर्ने र प्रयोगकर्ताहरूलाई क्यूआर भुक्तानी गर्न प्रोत्साहित गर्ने उद्देश्यले यो योजना ल्याएको फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमार सापकोटाले जानकारी दिए ।