close

अनलाइनबाट यसरी भुक्तानी गर्नुहोस् काठमाडौं महानगरपालिकाको कर

टेकपाना टेकपाना

चैत २९, २०७९ १२:५४

अनलाइनबाट यसरी भुक्तानी गर्नुहोस् काठमाडौं महानगरपालिकाको कर

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्ना सेवाग्राहीको सहजताका लागि कर असुली प्रणालीलाई थप परिष्कृत बनाएको छ । यसकाे माध्यमबाट करदाताले घरमै बसेर महानगर मातहतका सबै शाखा तथा वडामा तिर्नुपर्ने सम्पूर्ण कर अनलाइनबाटै भुक्तानी गर्न सक्नेछन् ।

महानगरले एक सूचना जारी गर्दै अनलाइनबाट कर तिर्न सकिने व्यवस्था कार्यान्वयन ल्याएकाे जानकारी दिएकाे छ । अनलाइनबाट महानगरमा कर भुक्तानी गर्न सेवाग्राहीले वडा कार्यालयबाट 'ट्याक्स पेयर आईडी' (Tax Payer ID) लिनुपर्ने हुन्छ ।

ट्याक्स पेयर आईडी प्राप्त गरिसकेपछि तलको प्रक्रिया अपनाएर अनलाइनबाटै कर तिर्न सकिन्छ:

-   सबैभन्दा पहिले यहाँ क्लिक गरेर काठमाडौं महानगरपालिकाको वेबसाइटमा जानुहोस् ।

-   यदि तपाईं पुरानो प्रयोगकर्ता हो भने सोझै युजरनेम र पासवर्ड राखेर कर तिर्न सकिने पेजमा पुग्न सक्नुहुन्छ । नयाँ प्रयोगकर्ता हुनुहुन्छ भने त्यहाँ देखाइएको 'नयाँ दर्ता गर्नुहोस्' अप्सनमा क्लिक गर्नुहोस् ।

-   तर, नयाँ अकाउन्ट बनाउन तपाईंसँग महानगरमा त्यसभन्दा पहिले तिरेको करको रसिद हुनुपर्छ ।

-   उक्त रसिदमा भएको 'करदाता सङ्केत नं', 'नयाँ आन्तरिक सङ्केत नं' आदि राखेर नयाँ अकाउन्ट बनाउन सकिन्छ । त्यसपछि नयाँ पासवर्ड राखेर नयाँ अकाउन्ट तयार पार्नुहोस् ।

-   अकाउन्ट बनाइसकेपछि पुनः यहाँ क्लिक गरेर वा महानगरको कर पोर्टलमा जानुहोस् ।

-   त्यसपछि आफ्नो युजरनेम (नयाँ आन्तरिक संकेत नम्बर) र पासवर्ड राखेर 'साइन इन' अप्सनमा ट्याप गर्नुहोस् ।

-   साइनअप भइसकेपछि लगइनको पेजमा पुग्न सकिन्छ ।

-   उक्त पेजमा विभिन्न वर्गहरू छुट्याइएको हुन्छ । जसबाट तपाईंले आफूले तिर्नुपर्ने कुनै विधा (जग्गा, घर, भाडा, सवारी साधन) छान्नुहोस् ।

-   यति गरेपछि 'करदाता' अप्सनमा तपाईंको विवरण राखिएको हुन्छ ।

-   करदाताको सेक्सनमा 'भुक्तानी' भन्ने अप्सन देख्न सकिन्छ । उक्त अप्सनमा क्लिक गरेर आफूले तिर्नुपर्ने कर छान्नुहोस् ।

-   त्यसपछि आफूले तिर्न लागेको कर विभिन्न भुक्तानी प्रदायक प्रयोग गरेर भुक्तानी गर्न सक्नुहुन्छ ।

यहाँ भएको भिडिओ हेरेर पनि अनलाइनबाट काठमाडौं महानगरपालिकामा विभिन्न कर तिर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: चैत २९, २०७९ १३:४९