close

धेरै बेरुजु हुने शीर्ष ३ मा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय

टेकपाना टेकपाना

चैत ३०, २०७९ १६:४८

धेरै बेरुजु हुने शीर्ष ३ मा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय धेरै बेरुजू हुने संघीय सरकारी कार्यालयहरूको सूचीमा शीर्ष तेस्राेमा परेको छ । महालेखा परीक्षकको बिहीबार सार्वजनिक ६०औँ वार्षिक प्रतिवेदनको सारांशले यस्तो तथ्य बाहिर ल्याएको हो ।

समग्र संघीय सरकारी कार्लायहरूमा भएको कूल बेरुजूमध्ये सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको बेरुजु ४.८१ प्रतिशत अर्थात् दुई अर्ब ७० करोड ५८ लाख रुपैयाँ रहेको छ ।

यसमध्ये दुई अर्ब ६१ करोड ६१ लाख रुपैयाँ असुल गर्नुपर्ने बेरुजु रहेको छ भने नियमित गर्नुपर्ने बेरुजु दुई करोड ५८ लाख र पेस्की बाँकी बेरुजु छ करोड ४० लाख रुपैयाँ रहेको छ ।

सञ्चार मन्त्रालयभन्दा बढी बेरुजु हुने दुई मन्त्रालयमा अर्थ र भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय रहेका छन् । संघीय सरकारी कार्यालयतर्फ कूल ५६ अर्ब ३१ करोड आठ लाख रुपैयाँ बेरुजु देखिएको महालेखा कार्यालयको वार्षिक प्रतिवेदनको सारांशमा उल्लेख छ । 

पछिल्लो अध्यावधिक: चैत ३०, २०७९ १६:४८